शनिबार, बैशाख २२, २०८१

लघुकथा – मूल्याङ्कन


  • - म्यामराज राई ,हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान
  • आइतवार, साउन ३१, २०७८
  • 810
    SHARES

 

एउटा भव्य गायन रियालिटी शो सम्पन्न भयो।

भोलिपल्ट चिया पसलमा त्यही प्रतियोगिताको बारेमा चर्चा सुरु भयो।

“देख्यो त केटा हो मेरो अनुमान!”पहिलो गफाडीले गफ थाले।

दोस्रोले लगत्तै थपे;”अविवाहित केटो हेन्सम थिए,केटीहरूले भोट टन्नै दिएछन् क्यारे!”

“धनी केटा हो नि।पारिवारिक पृष्ठभूमि राम्रो अरे नि त!” तेस्रो गफाडीले पोल खोलेझैँ गरि बोले।

“रुपैयाँ हो र?डलर हो डलर!जितेन भने बेइज्जत हुन्थ्यो।”चौथो गफाडीले प्रत्यक्षदर्शीझैँ किटेर भने।

पाँचौ गफाडीले ठुलो स्वरमा गफ ठोके,”उसको आफन्तहरू भुटान र नेपालमा पनि छन् रे।नजित्ने कुरै भएन।”

शुरुदेखि चुपचाप चियासँगै पाउरोटी चपाउँदै गरेका एक भलाद्मीले सबैकुरा सुनेपछि बोल्यो।

“हेर भाईहरू!प्रतियोगिता साधनाले जितिने हो।हिजोका बिजेताले वर्षौँदेखि साधनारत थिए भन्ने कुरा अडिशन राउण्डबाट नै स्पष्टगलामा झल्किन्थ्यो।कुरा रह्यो भोटिंग सिस्टम।क्षमता भएकालाई जिताउन भूगोल,आफन्त,नातागोता,साथीभाइ वा डलर हुनैपर्छ र!”

~~ ॰॰॰~~

– म्यामराज राई

हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }