शुक्रबार, बैशाख २१, २०८१

एकैदिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरेर गिनिज बुक अफ वर्ल्डए रेकर्ड्समा नयाँ रेकर्ड


  • माउन्टेन खबर
  • सोमवार, साउन ३२, २०७८
  • 488
    SHARES

काठमाडौं,३२ साउन

गीतकार तथा साहित्यकार डा डी.आर.उपाध्यायले एकैदिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरेर गिनिज बुक अफ वर्ल्डए रेकर्ड्समा नयाँ रेकर्ड बनाउनु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार डा. उपाध्यायलाई उक्त रेकर्डको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा आयोजना गरिएको संक्षिप्त कार्यक्रममा डा.उपाध्यायलाई प्रधानमन्त्री देउवाले विश्व रकेर्ड हस्तान्तरण गर्नु भएको हो ।

प्रधानमन्त्रीसमक्ष विश्व कीर्तिमानी डा.उपाध्यायका बारेमा सञ्चारकर्मी नरेश भट्टराईले संक्षिप्त जानकारी राख्नु भएको थियो ।

प्रधानमन्त्री देउवाले डा. उपाध्यायको यो कार्यका लागि बधाई तथा शुभकामना दिनुभएको थियो ।

डा. उपाध्यायले नेपालमा भएका विभिन्न दैनिक पत्रिकाहरूमा २०७८ साल असार १५ गते मंगलबार तदनुसार २९ वगलभ २०२१ का दिन ‘महिला हिंसाको कारण र न्यूनीकरण’ शीर्षकमा एक हजार ५१ शब्दको लेख ३६ राष्ट्रिय दैनिकमा प्रकाशित गर्नु भएको थियो ।

यसअघि यो विश्व रेकर्ड बेलायतका क्रिस जिगरको नाममा रहेको थियो । जिगरले क्यान्सर जागरुकताका बारेमा लेख प्रकाशन गर्नु भएको थियो । उहाँका १९ राष्ट्रिय दैनिकमा लेख प्रकाशित भएको थियो ।

‘मैले कामय गरेको यो विश्व रेकर्ड नेपालको गौरव बढाउने उद्देश्यका लागि हो’, डा. उपाध्यायले भन्नुभयो ।

उक्त अवसरमा गिनिज बुकको मिडिया कोअर्डिनेरको प्रमाणपत्र हिमालय टाइम्सका उपसम्पादक कृष्ण भुसाल, प्राइम टेलिभिजनका नरेश भट्टराई, राजधानी दैनिकका डब्बु क्षेत्री, मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारी र राष्ट्रखबरका राज लुईंटेललाई प्रदान गरिएको छ ।

डा.उपाध्यायले यसअघि गीत संगीत तथा विभिन्न विधामा ५१ विश्व रकेर्ड कायमगरी नेपालको गौरव बढाउनु भएको छ ।

उपाध्यायका एक दर्जन जति उपन्यास प्रकाशित छन् भने तीन गीति सङ्ग्रह प्रकाशित छन् ।

यस्तै उहाँका २४ एल्बमका सयौं गीत स्रोता र दर्शकमाझ रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }