शुक्रबार, बैशाख २१, २०८१

झरीको किरण कविता संग्रह र जानुका वस्ती ढकाल


  • रश्मि भट्ट
  • मङ्लबार, भदौ १, २०७८
  • 1.5K
    SHARES

प्रवासमा बसेर कलम चलाउने अनेकन साहित्यिक श्रष्टाहरूमध्ये र त्यसमा पनि नारी श्रष्टाहरूमध्ये आफ्नो एक पहिचान बोकेर यसै लहरमा उभिन आइपुगेकी छन् जानुका वस्ती ढकाल पनि । केही समय अगाडिदेखिनै फेसबुक तथा सॅचार माध्यमहरूमा बिभिन्न फुटकर कविताहरू पस्कॅदै आएकी जानुका वस्ती ढकालको “झरीको किरण” पहिलो कविता कृति हो । यसमा लामा छोटा , गद्य कविताका साथै केही गीत गजल र लोक लयका जस्ता पद्य कविताहरू पनि समावेश छन् । देख्दा अत्यन्त सरल ,शालीन र भलादमी देखिने उनका सबै कविताहरू वयक्तिक आवरण भन्दा धेरै मजवुत छन् अथवा साहित्यिक पाटोमा अलि बेग्लै चरित्र उघार्ने जस्ता शक्तिशाली पनि छन् । उनलाई अमेरिकाको न्युयोर्कमा बसेर कलम चलाउने अर्थात् न्युयोर्क अनेसासले जन्माएको एक नारी श्रष्टा भन्दा पनि अन्यथा नहोला । फरक फरक विचार बोक्ने र फरक फरक भाव प्रवाहका रचनाहरू लेख्ने श्रष्टा फरक भए जस्तै ,ती सबै श्रष्टाका रचना पढेर आफ्नै तरीकाले बुझ्ने द्रष्टा पनि फरक हुन्छन् र हुनु पनि पर्छ । फरक हुने तथा स्फुर्त हुने निहुॅमा कोही कुनै समालोचकबाट पनि कृतिको मुल चुरो भने मर्न भएन । आज समालोचकीय जगतमा पनि एकले गरेको समीक्षालाई कटाक्ष गर्दै आफ्नै गोरूको मात्र

बार्है टका भन्ने समीक्षकहरू छन् । मेरो विचारमा आफ्नो ब्रमहाले देखेको सबल र दुर्बल पाटो उघार्नु मात्र समालोचनाको दायरा भित्र पर्छ ,न कि एकले अन्य समालोचकलाई आक्षेप, पटाक्षेप तथा अस्वस्थ टीका टिप्पणी ।।

जम्मा जम्मी ६२वटा कविताहरू समावेश भएको यस कविताको शुरूको तीन/ चार कविताहरू नियति ,पहिचान ,असीमित आशा,स्वतन्त्रता
निकै कसिला छन् । त्यस्तै गरी कृतिका बीच भागका र अन्त्यका यी— बुद्ध ,जूनघाम ,अहङाकार ,स्वतन्त्रता ,न्याय विनाको मुलुक ,स्वार्थ ,नेता,सुकिलो शहर ,हामी जीवन,माटोका वास्ना आदि कविताहरू पनि बेजोड छन् ।यी कविताहरू पढेर हेर्दा साॅच्चै गद्य कविता भनेको यस्तो पो लेखिनुपर्छ कि भन्ने पनि लाग्दछ । अरू सबै कविताहरू पनि राम्रा छन् ,पठनीय छन् । सबैले लेख्ने जस्तै बिषयवस्तु र सरल तथा सामान्य नै छन् । यसरी उनका कविताले मायाॅ प्रेम ,देशको ममता ,सॅस्कार सॅस्कृति ,भेषभुषा प्रकृतिप्रेमका साथै बिसॅगति र विद्रोह पनि बोलेका छन् तर विद्रोह पनि अत्यन्त शालीन र घुमाउरो तरीकाले । प्रतिशोधको ज्वाललाई आगोले हैन ,कुनै बिजुली र करेन्ट तथा धारिला हात हतियारले पनि हैन पानी भित्रको अदृश्य आगोले निभाएका छन् । घुमाउरो तरीकाले ठुलो आवाज नदिई भित्तामा काॅटी ठोके झैं ठोकिएका छन् । कहिले त लाग्छ ,हे! कवयित्री बहिनी कुनै कुनै चित्त नबुझेका बिषय वस्तुमा त कविता कोर्दा सीधै मुक्का बर्षाए पनि हुन्छ नि अक्षरका चिर्कटाहरूले भनेर भन्न मन लाग्छ तर सक्दिन । हरेक व्यक्तिको स्वभाब रचनामा पनि थोरै त अवश्य पर्छ नै कसैको त अझै ऐना जस्तै । कविता लेख्ने शैली पनि कता कता पृथक हो कि झै बनाएका छन् ती अघि र पछि राखिएका राम्रा कविताहरूले । कुनै सॅयोगान्त फिल्मको जस्तो शुरूको दृश्यहरू पनि बडो रमाइलो बीचमा सॅघर्षै ,सॅघर्ष अनि अन्त्यमा बिजय र खुशीयाली धुन भए जस्तै यो सॅग्रहमा पनि सामान्य अर्थ र भावका भलक दिने कवितहरू वीचमा छन् । यो बडो गजवको सॅयोग हो कवयित्री बहिनी जानुकाको । उनले यो चलाखी गरेकी हुॅदै हैनन् र जानेकी पनि छैनन् तापनि हुन गएको छ । यो खुशीको कुरा हो उनी स्वयॅलाई । सरल भएर पनि पद्य जस्ता कविताहरू मर्मश्पर्शी छन् । मन मुटु छुने खालका छन् । गाउॅ घरमा हुर्के बढेकालाई अझै राम्रो गरी
विशेष स्पर्श गर्छन् । कृतिका केही कविताका केही अंशहरू
——–
हातमा त्रिपिटक लिनेहरू सबै तिम्रा
अनुयायी हुनै सक्दैनन् बुद्ध

आज यहाॅ गल्ली गल्लीहरूमा हत्या हिॅसा
र अधर्मको बीऊ छरिरहेका छन्
झुटको खेती अझै मासिएको छैन ।।। —– बुद्ध

ऊ भन्छ सॅधै रोइराख् तॅ
किनकि तेरो भाग्यामा त्यही छ
म किन रूनु ?
अझै खुशी बनेर देखाउॅछु
तेरो आडम्वर झार्नु छ । —— नियति कविता

म जूनलाई जून मान्दिन
घामलाई पनि घाम मान्दिन—
जसले धर्म विराएको छ
घात र प्रतिघात गरेको छ ——।। जून घाम

चुनावको रमझम हजुर,लाग्छ दॅशै जस्तो
समयको परूखाईले ,आउॅछन् नेता कस्तो ?

——– नेता कविताबाट ।।
न शहरले छुट्टिन मान्छ
न त हाम्रो मनले नै
किनकि लुट्नु छ अजम्वरी चीज यहाॅ
——-, सुकिलो शहर बाट

अटुट दुखाइबाट पनि
जीवनको गन्तव्य खुशीमा
ढल्न करै लाग्छ ——-। जीवन

यसै आधारमा झरीको किरणलाई अद्योपान्त पढेर पुर्ण समीक्षात्मक हिसाबले विचरण गर्न खोज्दा पनि कविताका बिषयवस्तुहरू, विगत , वर्तमान र आगतका केही छिटाहरू सहित समसामायिक , मानवीय जीवन जगतका भोगाइ ,समय र परिवेशले जन्माएका विषय वस्तुहरूसॅग नै सम्बन्धित छन् । कल्पना र स्वैर कल्पनाका र कसैले उठाउॅदै नउठाएको बिषय वस्तु र अत्यन्त नौलो भन्ने केही छैन ।

कविताका चरित्र तथा पात्रहरू ( भलै कवितामा कथा ,उपन्यास ,काव्य,महाकाव्यका जस्ता दृश्य र अनगिन्ति पात्रहरू हुॅदैनन् ,तापनि अवश्य हुन्छन् ।) पनि कवि स्वयॅ धेरैमा आफै र थोरैमा दोस्रो तथा तेस्रो पुरूष पात्रहरू छन् । दोस्रो तथा तेस्रो पात्र हरूलाई कविताले निकै घुमाएर झापड हानेको छ । देश काल परिवेश र घटनाक्रम हेर्दा कवयित्रीलाई केही बाल्यकाल तथा विगतले चिमोटेको छ ,थोरै आगतको चिन्ता र चिन्ता भए पनि भविष्यप्रति आशावादी चिन्ता छ । जीवन कविताले उनी आशावादी भएको सत्य स्पष्ट पार्छ । बाॅकी वर्तमान परिप्रेक्षलाई नै समेटिएको छ । मर्नु त छ नै एक दिन तर बाॅचुञजेल हरेक दु:खलाई सहेर ,सॅघर्ष गरेर जितेर बाॅच्नुपर्छ ,खुशी हुनुपर्छ , भन्ने सकरात्मक भाव छ । कविताको, घटनाक्रम सिलसिला तथा श्रृङ्खला भने त्यस्तो मिलेको भन्न सकिदैन । कवि स्वतन्त्र छ कविता विधामा जे-जसरी मन लाग्छ आफ्नो कविता एक पछि अर्को राख्न । त्यसैले यस कुरालाई कमजोरी भनि हाल्न मिल्दैन पनि । कविताको भाव तथा अर्थका आधारमा हेर्दा कुनै कविता सरल तर गहिरो अर्थ प्रदान गर्छन् कुनै कविता गहन जस्ता तर भाव र अर्थ सामान्य जस्ता लाग्छन् । मुख्य कुरा कविता सॅग्रहको शीर्षक सॅबन्धमा हेर्दा झरीको किरणले पानी पानी परेर दु:ख खपिरहेका बेला झुलुक्क झुल्किने घामको किरण तथा सप्तरङागी ईन्द्रेणीलाई जनाउॅछ ।

सायद कवयित्रीले पनि अनेकौ दु: ख पीर त खपेकै होलिन् जीवनमा । सबैले खपेकै हुन्छन् ,यो कृति ल्याउन भने उनले पक्कै अनगिन्ति दु;ख खपेकी छन् । म उनलाई नजिकबाट चिनेको हैसियतले ठोकुवा गरेर भन्न सक्छू । झरीको किरणलाई विमोचन हुने दिनमा पनि झरीले नै स्वागत गरेको थियो । यो अद्भुत र उनको लागि शुभ सॅयोग हो । सोही दिनमा एक द्रष्टा ( समालोचकीय क्षमता ) व्यक्तित्वले प्रश्न राख्नु भएको थियो मसॅग ,शीर्षक झरी पछिको किरण हुनुपर्थ्यो । काहिं झरीमा पनि किरण हुन्छ ,घाम हुन्छ ।? उहाॅको तर्क ठीकै थियो तर मैले भने हुन्छ । जसरी पानीमा आगो हुन्छ ,त्यसै गरी झरीमा किरण हुन्छ ,मात्र लुकेको हुन्छ त्यतिवेरला । त्यसपछि प्रतिवाद त अरू गर्नूभएन तर चित्त बुझेरर कि यसै थाहा भएन । बरू पढेर तॅपाईको पनि विचार यसो लेखिदिनुस है भने ।

यी त सबै भए कविताका राम्रा तथा सबल पक्षहरू । कुनै पनि कूरा पुर्ण हुॅदै हुॅदैन,हुनै सक्दैन कोही कसैको पनि । कमजोरी तथा दुर्वलता पनि कति छ त भन्ने प्रश्न आउॅछ । जति कमजोरी कमी भयो उति कृति बलियो हुन पाउछ बढी भयो भने कमजोर । यस कृतिमा पनि गद्य कविता भनिसके पछि पद्य जस्ता लाग्ने , नियम र बिधान नपुगेका जस्ता लाग्ने गीत गजल नराखेर यस्तै मजवुत गद्य कविताहरू मात्र समावेश गरेको भए राम्रो हुन्थ्यो ।

जस्तै —जन्मदाता , पितृदेव,गरीवको व्यथा , स्वार्थ , सॅझना दॅशैको , प्रवास देशप्रेमी, नारी नेता मान्छे ,हामी आदि । यी कविता सरल भइकन भाव र अर्थ राम्रो दिन्छन् । मन,मुटुलाई स्पर्श गर्छन् तर गद्य कविता भने हुॅदै हैनन् । तसर्थ कृतिलाई गद्य सॅग्रह भन्ने कि ,पद्य भन्ने नै प्रश्न खडा हुन्छ । गजल त नभनौ गीत र लोक लयको थोरै मात्र हेक्का राख्ने हो भने कवयित्रीमा यसको प्रचूर सॅभाबना देखिन्छ तर उनी त्यसलाई कत्ति पनि वास्ता नगरेर न गद्य न पद्य बनाइदिन्छिन् तर पढ्दै जाॅदा पाठकले नयाॅ स्वाद पाउन भने सक्छन् । कविताको आवरण राम्रो छ भरीको किरण शीर्षकलाई सुहाउने खालको छ । पुस्तकको आकार भने लम्वाइ ठीकै छ तर चौडाइ चाहिने भन्दा छोटो छ । किताव लिएर पढ्न लाग्दा पानाहरू पल्टाउॅदा असजिलो लाग्छ । अनि पाना पनि अझै गतिलो भए वेश हुनेछ । भुमिकाहरू धेरै साना अक्षरमा खज्मजिएका जस्ता छन् । यसमा अर्को सॅस्करण गरियो भने अवश्य ध्यान दिनु पर्ला । समग्रमा केही छिटपुट कणविन्दु जस्ता कमजोरीका बावजुद कविता सॅग्रह पठनीय छ । सबैले खोजी खोजो पढिदिनुहोला ।

ईच्छा भएमा आ- आफ्ना तर्फबाट जे- जति सकिन्छ चर्चा परिचर्चा गरिदिएर साहित्य र साहित्यकारहरूको उत्थान गरिदिनूहोला । कवयित्री र मैले पनि नजिकबाट चिनेकी बहिनी जानुकालाई अझ अरू कविता कृति ल्याउन र विधागत साहित्यिक फड्को मार्न असीम शुभकामना प्रकट गर्दछु । अव देखि तिम्रा कलमहरू जीवनका सॅपुर्ण झरी रूपी दु;खहरूलाई चिरेर घामको अजस्र किरणर र जूनको चहक बन्न सकून् । धेरै धरै बधाई र सफलताको शुभकामना झरीको किरण र बहिनी जानुकालाई । यस कृति वारे अहिले यति नै ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }