शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

योजनामन्त्री शर्मा र सचिव बुढाबीच कार्यसम्पादनको सम्झौता


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ १, २०७८
  • 475
    SHARES

१ भदौ, काठमाडौं । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मासँग अर्थसचिव चक्रबहादुर बुढाले कार्यसम्पादन सम्झौता गर्नुभएको छ । चालू आवको नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्झौता गरिएको हो ।

सबै आ–आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध होउन् र कार्यप्रति दायित्वबोध गरुन् भन्ने उद्देश्यले सम्झौता गरिएको मन्त्री शर्माले बताउनुभयो । सचिव बुढाले हरेक काम बेलैमा गर्न र त्यसबाट प्राप्त परिणामलाई मापन गर्न सकियोस् भन्ने उद्देश्यले जिम्मेवार पदाधिकारीबीच कार्यसम्पादन सम्झौता गर्ने गरिएको बताउनुभयो । यसैगरी सचिव बुढादेखि तल्ला तहका अन्य कर्मचारीबीच पनि सम्झौता गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)