सोमवार, बैशाख २४, २०८१

तत्कालिन राणा प्रधानमन्त्री जङ्गबहादुर कुँवर राणाको मासिक तलब ८३,६२०

जङ्गबहादुरको मासिक तलब अहिलेको मूल्य अनुसार १ करोड २५ लाख ४३ हजार रुपैयाँ थियो ।


  • माउन्टेन खबर
  • सोमवार, भदौ ७, २०७८
  • 715
    SHARES

काठमाडौं, ७ भदौ

एक सय चार वर्ष लामो राणा शासनमा जंङ्गबहादुर राणाले मात्र ३० वर्ष लामो शासन चलाए। सुन्दरी, शिकार र अफिमका सौखिन जङ्गबहादुरका रानी नै करिब ३ दर्जन थिए भनिन्छ । निरंञकुशताका प्रतीक जङ्गबहादुरले सैन्य संगठन र युद्धञकौशलमा आफ्नो खुबी देखाए, भोट विजय भयो। नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) फिर्ता गराए।

देशका लागि यस्ता कतिपय महत्व्रपूर्ण र राम्रा काम पनि जङ्गबहादुरले गरे । श्री ५ लाई खोपाको देवता बनाएर श्री ३ धारण गरी राज्यको सम्पूर्ण अधिकार आफ्नो हातमा लिएका जङ्गबहादुरको तलब चाहिँ कति थियो यस जिज्ञासा समाधान हुने सामग्री नेपाली आर्थिक इतिहासका पायोनियर अन्वेषक महेशचन्द्र रेग्मीको सम्पादनमा रेग्मी रिसर्च सेन्टरले सञ्चालन गरेको रेग्मी रिसर्च सेरिज (वर्ष ८, अंक १:१६-१९)मा ‘दी राणा एलिट’ शीर्षकमा जङ्गबहादुर लगायत उनका भाइहरू, त्यस बेलाका गुरु पुरोहित र सेनाका अधिकारीहरूले पाउने वार्षिक खान्गी (तलब) को विवरण दिइएको छ। यो तलबमान वि.सं. १९१० को हो ।

जङ्गबहादुरलगायत केही राणाको तलब यस्तो छ :

प्रधानमन्त्री जङ्गबहादुर कुँवर राणा रु. ८३,६२०/

कमान्डर इन् चिफ बमबहादुर कुँवर राणा रु. ३२,६१३/-

जनरल कृष्णबहादुर कुँवर राणा रु. २२,०७२/-

जनरल रणोद्वीप सिंह कुँवर राणा रु. २२,४१० /-

जनरल जगतशमशेर कुँवर राणा- रु. २१,०९७/-

जनरल धीरशमशेर कुँवर राणा- रु. २१,८५३/-

जनरल (कपर्दार) भक्तवीर कुँवर राणा. रु. १९,००१/-

त्यो तलबको वर्तमान मूल्य – रेग्मी रिसर्च सेरिज ९ वर्ष ८, अंक १: १९० मा सन् १८५२ (विसं १९०८) को समयको अत्यावश्यक खाद्य वस्तुको मूल्यदर पनि प्रकाशमा ल्याइएको छ। त्यो समयको खाद्यवस्तुको मूल्यदर अनुसार जङ्गबहादुरले पाउने गरेको त्यो तलबमानको वर्तमान मूल्य निकै ठूलो हुन आउँछ।

त्यो बेला एक रुपैयाँमा २२ माना मसिनो चामल आउँथ्यो । यस्तै एक रुपैयाँ मार्सी चामल ३० माना, तौली चामल ३२ माना, रहरको दाल १४ माना, मासको दाल २० माना र मुगी दाल १२ माना किन्न पाइन्थ्यो। एक रुपैयाँको एक धार्नी घ्यू किन्न पाइन्थ्यो।

यहाँ नेर जङ्गञबहादुरले पाउने गरेको त्यस बेलाको तलबको अहिलेको घ्यूको मूल्य अनुसार मूल्यांकन गरौं। अहिले डीडीसी घ्यूको मूल्य प्रतिलिटर सात सय २० रुपैयाँ पर्छ। एक लिटर बराबर एक किलोग्राम हुन्छ भने दुई किलो पाँच सय ग्रामको एक धार्नी हुन्छ।

यसअनुसार त्यस बेला एक रुपैयाँमा आञउने एक धार्नी घ्यूको मूल्य अहिले एक हजार आठ सय रुपैयाँ हुन्छ। यसअनुसार मूल्यांकन गर्ने हो भने त्यस बेला जङ्गबहादुरले वार्षिक रुपमा बुझ्ने तलब रु. ८३,६२०/- को अहिलेको मूल्य रु. १५,०५,१६०००/- हुन आउँछ। यसअनुसार विसं १९१० मा जङ्गबहादुरको मासिक तलब अहिलेको रु. १,२५,४३०००/- थियो ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }