बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दशैँ मनाउन भारतबाट स्वदेश फर्किनेको लर्को


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २६, २०७८
  • 571
    SHARES

गड्डाचौकी,२६ असोज

नेपालीहरुको महान पर्व विजया दशमी (दशैँ) मनाउन भारतबाट नेपाल फर्किनेहरूको लर्को लागेको छ ।

सुदूरपश्चिमका नागरिकहरुको रोजगारीको प्रमुख गन्तव्यस्थल भारतका विभिन्न शहरबाट चाडपर्व मनाउन गड्डाचौकी र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको संख्यामा उल्लेखनीय वृद्धि भएको हो । गत दुई साता यता कञ्चनपुरको गड्डाचौकीबाट २४ हजार र गौरीफन्टा नाकाबाट दश हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । गौरीफन्टा नाकाबाट मात्रै दैनिक एक हजारदेखि एक हजार ५ सय जनासम्म नेपाल प्रवेश गरिरहेको त्रिनगर सीमानाकाका प्रमुख हेल्थ डेस्क दिनेश ठकुल्लाले बताउनुभयो । स्वदेश फर्किनेको भीड बढेसँगै प्रहरीले सीमा क्षेत्रको सुरक्षा सतर्कता बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली नागरिकहरु भारत जाने भन्दा पनि आउनेको संख्या नै बढी छ, विगत दुई हप्ता यता आउनेको संख्या बढेको छ र जानेको संख्या एक्कासी घटेको छ, अहिले दिनमा ६ देखि ८ सय हाराहारीमा आइरहेका छन, जानेको संख्या डेढसयदेखि २ सय जना छन्, पहिला जानेको संख्या ३ देखि ४ हजारसम्म हुन्थ्यो भने, ४ देखि ५ सयसम्म हुन्थ्यो, बाजुरा, अछाम, विकट ठाउँका नेपालीहरु रोजगारीको लागि जाने गरेका छन् ।’

 

भारतको दिल्ली, मुम्बइ, महाराष्ट्र, पन्जाव, पुने, बैङ्गलोर, सिमला, हरिद्वारलगायतका शहरमा नेपाली रोजगारीका लागि सदियौँदेखि आउने जाने गरेको स्वास्थ्यकर्मी गणेश साउदले बताउनुभयो । उहाँले भारतबाट गाउँ फर्किनेबाट कोभिड संक्रमणको जोखिम रहेकाले सीमामा कोरोना परीक्षण र खोप लगाउने कामलाई पनि तीव्रता दिइएको बताउनुभयो । उहाँले कोरोनाका साथै नेपाल फर्किनेहरुको सीमामा मलेरिया र एचआईभीको परिक्षण पनि गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘परीक्षणको दायरा हामीले दिनप्रतिदिन बढाइरहेका छौँ,शुरुमा कोभिड १९ लाई फोकस गरेर कोरोना मात्र टेस्ट गरिरहेका थियौँ भने बीचदेखि मलेरिया, एचआईभीको स्क्रिन चेक पनि गरिरहेका छौँ ।’

 

गड्डाचौकी र गौरीफन्टा नाकामा सुरक्षाका दृष्टिकोणले कुकुर परिचालन गरेर पनि निगरानी बढाइएको छ । यात्रुको सहजताका लागि भन्दै प्रहरीले यात्रु सहायता कक्ष पनि स्थापना गरेको स्वास्थ्यकर्मी साउदले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }