बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुदुरपश्चिममा बढ्न थाले कोरोना संक्रमित


  • माउन्टेन खबर
  • बिहिबार, पुस २२, २०७८
  • 338
    SHARES

२२ पुस, सुदुरपश्चिम । पछिल्लो केही दिनदेखि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार एक हप्ताभित्रमा नयाँ सक्रिय सङ्क्रमितको सङ्ख्या १६२ पुगेको हो । छिमेकीमूलुक भारतबाट घर फर्किइ रहेका यहाँका मानिसमा सङ्क्रमण देखिन थालेको बताइएको छ । भारतमा सङ्क्रमण बढ्न थालेसँगै नेपाल फर्कनेको सङ्ख्या पनि बढेपछि सुदूरपश्चिममा पनि सङ्क्रमण दर बढेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार हाल कैलालीमा सबैभन्दा बढी ९२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने कञ्चनपुरमा ५३, बैतडीमा १२, दार्चुलामा दुई, बझाङ, बाजुरा र डडेल्धुरामा एक÷एकजना सक्रिय सङ्क्रमित छन् । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढिरहेको बेला सुदूरपश्चिम प्रदेशमा सक्रिय सक्रमितको सङ्ख्या बढ्न थालेको जनाउँदै यहाँका नागरिकमा चिन्ता थपिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)