बिहिबार, बैशाख २७, २०८१

चितवनका भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २१, २०७८
  • 433
    SHARES

चितवन,२१ माघ।   सरकारले चितवनका भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ ।

शुक्रवार चितवनको इच्छाकामना गा.वि.स.७ तथा साविकको जुटपानी गा.वि.स. ९ क का भूमिहीनहरुलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा नहुँदा राष्ट्रियता बिहीन भएर बस्नुपरेको अवस्थालाई केन्द्रित गर्दै जग्गाधनी प्रमाणपत्र वितरण गरिएको बताउनु भयो । उहाँले जग्गाधनी प्रमाणपत्र नहुँदा नागरिकतासमेत नपाएको र संविधानले दिएको अधिकारको उपभोग समेत गर्न नपाएको बताउनु भयो । मन्त्री श्रेष्ठले यसअघिका सरकारले जग्गाधनीहरुलाई लालपुर्जा उपलब्ध गराउने काम प्राथमिकतामा नराखे पनि अहिलेको सरकारले जग्गाधनीहरुलाई लालपुर्जा दिने काम पहिलो प्राथमिकतामा राखेको बताउनु भयो । मन्त्री श्रेष्ठले वास्तविक भूमिहीनहरुलाई अधिकार प्राप्त गर्नबाट वञ्चित गराउन नहुने बताउनु भयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘लालपुर्जा नभएको कारणले गर्दा राष्ट्रियता बिहीन भएर बस्नुपरेको अवस्था छ । नागरिकता पनि नपाएको अवस्था, नागरिकता नभएपछि त्यो व्यक्ति यो देशको नागरिक भएन नि । यो देशको नागरिक नै नभएपछि यो देशको संविधानले दिएको अधिकार उपभोग गर्न पायो त ? यो स्थिति दर्दनाक रहेछ । त्यसपछि हामीले सरकारमा सल्लाह गरेर यसलाई प्राथमिकतामा राखेर अभियान चलाउँ भन्ने हिसावले तुरुन्तै महोत्तरीको रामगोपालपुर बाट सदरमुकाममा होइन, समस्या जहाँ हो त्यहीँ लालपूर्जा वितरणको थालनी गरेका थियौँ । त्यसपछि सप्तरी र देशभर नै यो अभियान चलाइयो । यो अभियान अन्तर्गत करिव १२ हजार नागरिकहरु जो आफ्नो सबै अधिकार प्राप्त हुँदाहुँदै पनि कानूनि रुपबाट अधिकार पाउनबाट वञ्चित हुनुपरेको थियो । यहाँ यसअघि पनि धेरै जनप्रतिनिधिहरु आए होलान्, यसअघि पनि गर्न सकिन्थ्यो तर प्राथमिकतामा परेन ।’

कार्यक्रममा जग्गाधनीको प्रमाणपत्र पाएकाहरुले खुशी व्यक्त गरेका छन् । अहिलेसम्मको सरकारले आफूलाई नेपाली नागरिक नै नठाने पनि यस सरकारले जग्गाधनी प्रमाणपत्र वितरण गरेर आफ्नो अधिकार दिलाएको बताए ।

लाभग्राही मध्येकी एक चममाया मगरले भन्नुभयो, ‘अहिलेको सरकारले दियो खुशी लागेको छ । अब आउने सरकारले दिन्छ दिँदैन, हामी नभए पनि हाम्रा छोरा नातीलाई त भयो नि ।’

लाभग्राहीहरुले कानूनि रुपबाट जग्गाको धनी बनेपछि संविधानले दिएको अधिकार पाउनेमा आशावादी रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }