बिहिबार, बैशाख २७, २०८१

संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन हुनुपर्छ :एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल


  • माउन्टेन खबर
  • शनिबार, माघ २२, २०७८
  • 411
    SHARES

काठमाडौं, २२ माघ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिनु भएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लागि पनि आफूहरुले सरकारविरुद्ध आन्दोलन गर्ने बताउनु भएको हो । पार्टी निकट पत्रकारहरुको संगठन प्रेस चौंतारी नेपालको २४ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले श्रीमानहरुले बनाएको वर्तमान सरकारले संविधान र कानुन उलंघन गर्ने धृष्टता गरिरहेको आरोप लगाउनु भयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नु भयो, ‘गठबन्धनकारी सरकार छ । यस्तो सरकार जुन सरकार गठन गर्न पार्लियामेन्टले चिनेन्, देखेन, थाहा पाएन । श्रीमानहरुले बनाए । श्रीमान्हरुले बनाएको सरकार, श्रीमानले बनाएको प्रधानमन्त्री, यस्तो खालको सरकारले संविधानमा किटानी गरिएको व्यवस्थालाई उलंघन गर्ने धृष्टता गर्दैछ । कानुनलाई उलंघन गर्ने धृष्टता गर्दैछ । संविधानले किटानी गरेको व्यवस्थालाई उलंघन गर्ने धृष्टता गर्दैछ । यसको बारेमा बोल्नु पर्छ कि पर्दैन ? बोल्नुपर्छ । यदि यो स्थानीय तहको निर्वाचन कानुन र संविधानले तय गरेको समयमै हुँदैन भने त्यसको विरुद्धमा देशव्यापी रुपमा जन परिचालन हुन्छ । मुलुकको संविधान र कानुनको रक्षाका लागि यो काम गर्नु पर्दछ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले संविधान र कानुन विपरित काम गरे सञ्चार माध्यामहरुले पनि विरोध गर्नुपर्ने बताउनु भयो । उहाँले पार्टी निकट सञ्चारकर्मीहरुलाई पार्टीको विचार प्रवाह गर्न र सही सूचना जनतामा पु¥याउने काममा केन्द्रित हुन आग्रह गर्नु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }