बाँके, २६ फागुन।
नेपाल पर्यटन बोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको मूलआयोजनामा बाँकेको नेपालगञ्जमा ३ दिने वेष्टर्न ट्राभल मार्ट (Western Travel Mart, Nepal) आजदेखि शुरु भएको छ ।
नेपालगञ्जशहर र यस वरपरका क्षेत्रहरुका साथै कर्णालीप्रदेशको पर्यटन प्रवद्र्धन गरी पर्यटन गतिविधिहरुको अभिवृद्धि गर्ने उद्देश्यका साथ मार्टको आयोजना गरिएको हो । बिहान बागेश्वरी मन्दिर परिसरदेखि साँस्कृतिक झाँकीहरु सहित¥यालीमा सहभागीता पश्चात् जंगलमा वास गर्ने लोपोन्मुख जातीराउटेका मुखियाले पानसमादीपप्रज्वलन गरी सिद्धार्थ होटल परिसरमा मार्टको उद्घाटन गरेका थिए।
उद्घाटन समारोहमा नेपालगञ्ज उपमहानरपालिकाका मेयर डा. धवलशमशेर राणाले नेपालगञ्ज र यस वरपरका क्षेत्रहरुको पर्यटन प्रवद्र्धनकालागि मार्टको आयोजना गरिएको र यस मार्टले नेपालगञ्जलाई आतिथ्यताको क्षेत्रमा थप स्थापितगर्ने विश्वास व्यक्तगर्नुभयो ।
त्यसैगरी नेपालपर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको लागि भारत सबैभन्दा ठूलो बजार भएकोले बोर्डले भारतीय सिमावर्ती शहरहरुलाई लक्षित गरी त्यहाँका टुर अपरेटहरुलाई मार्टमा आमन्त्रण गरेको बताउनुभयो । उहाँले नेपालगञ्जहुँदै बर्दिया र पहाडी क्षेत्रहरुको भ्रमण प्याकेजहरुको प्रवद्र्धन गर्नुपर्नेमाजोड दिनुभयो ।
यस मार्टमानेपालगञ्जशहरलाई पश्चिम नेपालका साथै Gateway of Karnali को रुपमा प्रवद्र्धन गरिएको छ ।नाट्टा च्याप्टर बाँके यस मार्टको स्थानीय आयोजकको रुपमा रहेको छ भने पर्यटन सम्बद्ध अन्यसंस्थाहरुसह आयोजकको रुपमा रहेका छन्।

पश्चिम नेपाल क्षेत्रको पर्यटन प्रवद्र्धन गरी भारतीय बजारमा बजारीकरण गर्न लखनउ, दिल्ली लगायत भारतीय सिमावर्ती शहरहरुबाट करिब ५० जना टुर अपरेटर र सञ्चारकर्मीहरुलाई नेपालपर्यटन बोर्डले मार्टमा आमन्त्रण गरी सहभागी गराएको छ । मार्ट स्थलमा करिब ३५ टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवाप्रदायक संस्थाहरुले स्टलहरु राखी प्याकेजहरुको प्रवद्र्धन गरेका छन् । आन्तरिक पर्यटन प्रवद्र्धनकालागि सातै प्रदेशका पर्यटकीय आकर्षणहरु समावेश गरी स्टलहरु निर्माण गरिएका छन् ।

मार्टको पहिलो दिन भारतबाट सहभागी भएका टुर अपरेटरहरु र स्थानीय पर्यटन व्यवसायीहरु बीच व्यवसायिक अन्तरक्रिया गराई यस क्षेत्रका टुर प्याकेजहरुको बिक्री प्रवद्र्धन गरिएको छ ।मार्टको आयोजनाले यस क्षेत्रका पर्यटकीय गन्तव्य तथा गतिविधिहरुको प्रचार प्रचार हुनगई पर्यटक आगमन संख्या बढ्न जाने अपेक्षा गरिएकोे छ ।

