मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आङ्ग छिरिङ शेर्पा दोस्रो स्मृति गल्फ प्रतियोगिताको पहिलो दिनमा फुयाँलको अग्रता


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन २८, २०७८
  • 515
    SHARES

काठमाडौँ, २८ फागुन । गोकर्ण फरेस्ट रिर्साटमा शुक्रबारबाट शुरु भएको दुई दिने आङ्ग छिरिङ शेर्पा दोस्रो स्मृति गल्फ प्रतियोगिताको पहिलो दिनमा रविन फुयाँलले अग्रता लिएका छन् । उनी १७ ह्याण्डीक्यापमा खेल्दै ४३ अंक बटुलेर अग्रस्थानमा रहेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी निष्कर्ष बहादुर घले ४१ अंकाका साथ दोस्रो स्थानमा रहेका छन् ।

बेस्ट ग्रस तर्फ मिथुन राई ३२ ग्रस अंकका साथ अग्रस्थानमा छन् । त्यसैगरी माधव सिम्खडा ३० ग्रस अंक जोड्दै ग्रस तर्फ दोस्रो स्थानमा रहेका छन् । लेडिज तर्फ ३४ अंकका साथ गिता गुरुङ्ग अगाडि छिन्, भने ३१ अंकका साथ प्रतिभा राई लेडिज रनरअपको दाबेदार भएकी छिन् ।

सिनियर्स तर्फ सहायक रथी दिलिप रायमाझीले ३६ अंक ल्याई अगाडि छन्भने सोही विधामा दोस्रो स्थानमा ३५ अंकको साथमा हेमन्त कोलाक्षपति छन् । जुनियर्स तर्फ आइस्टिना टण्डनले १० अंकका साथ अग्रता कायम गरेकी छिन् ।

आशय ढुङ्गाना लङ्गेस्ट ड्राइभ तर्फ अगाडि रहेका छन्, त्यसैगरी तारा कार्की चित्रकार क्लोजेस्ट टु द पिन तर्फ अग्रस्थानमा छन् । पेम्बा शेर्पा मोस्ट बर्डी बिधामा अगाडि रहेका छन् ।
यस गल्फ प्रतियोगिता स्टेबलफोर्ड फरम्याट ३÷४ ह्याण्डीक्यापमा खेलाइएको छ ।

यती एअरलाइन्स र तारा एअरले आयोजना गरेको प्रतियोगिताको शुभारम्भ शुरुवाती शर्ट प्रहार गर्दै यती एअरलाइन्सकी प्रबन्ध निर्देशक तथा स्व. आङ्ग छिरिङ शेर्पाकी श्रीमती चन्दा शेर्पाले गर्नुभयो । बिहान ८ बजेबाट शुरु भएको प्रतियोगितामा आजका लागि ६६ जना खेलाडी सहभागी थिए भने भोलि ९० जना सहभागी हुने यती एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । प्रतियोेगिता शुरु हुनु पूर्व सम्पूर्ण खेलाडीहरुले स्वर्गीय आङ्ग छिरिङ शेर्पाको सम्झनामा १ मिनेट मौन धारण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)