सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले हप्ताको तीन दिन उडान भर्ने


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ८, २०७९
  • 562
    SHARES

काठमाडौँ, ८ वैशाख 
भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिरा एअरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एअरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने भएको हो । अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि अन्य एअरलाइन्स पनि सम्पर्कमा आइरहेका र सुरुमा नियमितभन्दा पनि चार्टर उडान धेरै हुने अपेक्षा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीपकुमार अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जजिरा एअरलाइन्सले हप्तामा तीन दिन उडान गर्ने अनुमति मागेको छ, अन्य एअरलाइन्स पनि सम्पर्कमा रहेका छन् ।” उक्त विमानस्थल आजदेखि विधिवतरूपमा सञ्चालन भएको छ । गौतबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार नयाँ धावनमार्गमा आजदेखि आन्तरिक वायुसेवाका जहाजले उडान र अवतरण सुरु गरेको र आपत् पर्दा अन्तर्राष्ट्रिय जहाजले पनि अवतरण गर्न सक्ने व्यवस्था गरिएको छ ।

अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा उडान अवतरणमा कुनै समस्या भएमा जहाजलाई विदेश डाइभर्ट नगरी भैरहवा पठाइने विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

भैरहवा विमानस्थल सञ्चालनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण ९आइकाओ० ले पनि स्वीकृति दिइसकेको छ । ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम हुने विश्वास लिइएको छ । अब अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)