सोमवार, कार्तिक १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली प्रदेशसभाको बैठक बिहिबार बस्ने


  • माउन्टेन खबर
  • बुधबार, असार २२, २०७९
  • 466
    SHARES

२२ असार, काठमाडौं । कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्ने भएको छ । लामो समयदेखि अवरुद्ध प्रदेशसभाको बैठक भोलि बस्न लागेको हो । प्रदेशसभाको बैठक असार १२ गतेदेखि बस्न सकेको थिएन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८ औँ प्रदेशसभा बैठक अवरोध गरेयता सदन स्थगित हुँदै आएको छ ।

आगामी आव २०७९/८० को बजेटमा असन्तुष्टि जनाएको एमालेले सत्तापक्षसँग यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै विरोध जनाएको छ । प्रतिपक्षी दलले यसअघि भएको सातबुँदे माग अघि सारेको छ । उक्त सातबुँदे माग पूरा नगरेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ । सभामुख राजबहादुर शाहीले बैठक सञ्चालनका लागि सत्ता साझेदार दलका नेता र प्रतिपक्षी दलबीच पटक–पटक बैठक बसाउँदा पनि सहमति जुट्न सकेको थिएन ।

सभामुख राजबहादुर शाहीले भोलि बिहान सर्वदलीय बैठक बस्ने र दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको जानकारी दिनुभयो । “भोलि दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ उक्त बैठक बस्नुअघि सर्वदलीय बैठक बस्छ”, सभामुख शाहीले भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)