बिहिबार, बैशाख २७, २०८१

सामाजिक सञ्जाल आमसञ्चार (घाउ आफैँलाई दुख्छ बाट)


  • गोपी मैनाली
  • शनिबार, साउन २८, २०७९
  • 470
    SHARES

सामाजिक सञ्जाल आमसञ्चार

सन् १५६६ मा पहिलोपटक हस्तलिखित पत्रिकामार्फत खबर पढ्न पाउँदा भेनिसवासी हर्षले कति रमाएका थिए– त्यो भावनाको अभिलेख त्यतिबेलाको अक्षरले राख्न सकेन, न दृश्यचित्रले नै टिप्न सक्यो । त्यो युगान्तकारी घटना नै थियो तत्कालीन समाजमा । विचार र सन्देशको सञ्चारले मानव चेतनालाई फराकिलो पार्दै लग्यो । मानिसमा अन्यत्रको समाचार पढ्ने र अरूको विचार जान्ने तिर्खा झनै जाग्दै गयो र सन् १६०९ मा आइपुग्दा जर्मनीमा पत्रिका छापिन थाल्यो ।

विचार र समाचारका पाठक निरन्तर विस्तार भए । सन् १९२० तिर बेतारको फ्रिक्वेन्सीमा रेडियो प्रसारण सुरु भयो । सन् १९२५ मा जोन लेगी बर्डले स्टकी विलमार्फत श्रव्य र दृश्य एकैसाथ प्रसारण गरे । चलचित्र, म्याग्नेटिक टेप, कार्टिज, सिडी, डिभिडी, ग्रामोफोन जस्ता सञ्चारमाध्यमको यति छिटो विकास र विस्तार हुन थाल्यो कि मानव तिर्खा झनै बढ्दै गयो ।

सन् १९९० को दशकबाट वल्र्डवाइड वेबसाइट सुरु भएपछि सूचना उत्पादन, प्रसारण र ग्रहणका विधिमा क्रान्तिकारी छलाङ नै सिर्जना भयो । सञ्चार क्षेत्रलाई अझैँ ‘लाइभ जर्नल’ बनाउने यात्रा रोकिएन । कलेज पढ्ने विद्यार्थीको सोसल नेटवर्किङको आवश्यकता पूरा गर्न सन् २००४ तिर मार्क जुकरबर्गले विकास गरेको फेसबुक, सन् २००५ मा जावेद कारिम समूहले विकास गरेको युट्युब र माइक्रो ब्लगिङ साइटका रूपमा ज्याक डोर्सी समूहले सन् २००६ मा प्रयोगमा ल्याएको ट्विटरसम्म आइपुग्दा सञ्चारक्षेत्रमा अकल्पनीय उथलपुथल आइसकेको छ । एक्काइसांै शताब्दीका प्रत्येक व्यक्ति आनै सूचना साइटमार्फत आनै सूचना, विचार र सन्देशको उत्पादन, प्रवाह तथा उपयोग गर्न सक्षम भइसकेका छन् ।

यसमाथिको विकासको प्रक्रिया यति तीव्रतर छ कि प्रत्येक वर्ष होइन– दिनहुँजसो नयाँ आविष्कार सम्भव हुँदैछ । यो प्रक्रियाले यो डिजिटल विधि आफैंमा साँच्चै आमसञ्चार बनिसकेको छ । मिलेनियल जेनेरेसन कल्पनासम्म गर्न सक्दैन–सामाजिक सञ्जालविनाको पनि संसार थियो र ?
सन् १५६६ देखि आजसम्मको आमसञ्चार विकासक्रम हेर्दा मानव समाजले तीन प्रकारका सञ्चारमाध्यमलाई स्पर्श ग¥यो । पहिलो छापा माध्यम, जसले समाचार र विचारलाई अक्षरमा आंशिक रुपमा सम्प्रेषण ग¥यो । अभिव्यक्ति सम्प्रेषणमा अक्षरका आनै सीमितता थिए ।

दोस्रो विद्युतीय माध्यम, जसले प्रसारणमा तीव्रता र संवेगलाई पनि अभिव्यक्ति दिने सामथ्र्य बोक्यो तर उसका पनि आनै सीमितता थिए ।
अहिले न्यु एज मिडिया युग चलिरहेको छ– जसले आमसञ्चारका शास्त्रीय मान्यतालाई विस्थापन गरी सामाजिक सञ्जालका रुपमा आनै माध्यम स्थापना गर्न सक्रिय छ । सेलफोन, कम्प्युटर र इन्टरनेटले पर्सनल मास मिडिया सम्भव गराएको छ । यसले सञ्चारमाध्यममा जीवन्तता ल्याएको छ, पात्र र प्रक्रिया चयनलाई बदलेको छ । आजको पुस्ता यसैलाई मास मिडिया भन्न रुचाइरहेको छ । किनकि आमसञ्चार बन्न चाहिने वास्तविक चरित्र यससँगै छ ।

धाएर, किनेर, प्रायोजन गरेर, परिवेश बनाएर सूचना सन्देश लिनेदिने प्रविधि आमसञ्चार कदापि होइन भन्ने ‘मिलेनियल्स’को बुझाइ कत्ति पनि बेठीक होइन । हिजोसम्म सूचना उत्पादक, सूचना स्रोत सामान्यतः समाजका गन्यमान्य र जानेबुझेका व्यक्ति हुन्थे– जसले ठूलो वर्ग आमसञ्चारलाई आनो बनाउनबाट छुटेको थियो । सर्वसाधारण भनिएका आमसञ्चारको उपभोक्तामात्र थिए । अझ कतिपय अवस्थामा उपभोक्ता बन्ने सामथ्र्य र पहुँचबाट पनि टाढा हुन्थे । किनकि छापाहरू किन्न र श्रव्यदृश्य ग्रहण गर्न समय र सामथ्र्य चाहिन्छ ।

चाखअनुरुप छानिएको सन्देश वा विचार लिनबाट पनि वञ्चित हुन्थ्यो । नेता, धनाढ्य, ओहदाधारी र केही नकारात्मक घटनाबाट विवरण बुझ्नु व्यक्तिको बाध्यता थियो । त्यसैले भनिए पनि त्यो आमसञ्चार सर्वसाधारणको थिएन । सन्देश वा विचार छान्ने स्वतन्त्रता यसका उपभोक्तामा थिएन । आना भावना, विचार, चाहना, आवश्यकता, आकाङ्क्षा, आक्रोश, कुण्ठा, संवेदना र सन्देश प्रसारमा बहुसङ्ख्यक छुट्दा आमसञ्चार ‘आमसञ्चार’ बन्न सकेन ।

योभन्दा ठूलो कुरा खास वर्ग, विचार उत्पादक र ठूलो वर्ग उपभोक्ता बन्दा वर्गीय विभाजन हुन गई शासक र शासितको कित्ता फराकिलो पनि बन्यो । सामाजिक सञ्जालका रूपमा विकास भएको न्यु एज मिडिया वास्तविक आमसञ्चार र जीवन्त आमसञ्चार बन्न पुग्यो । त्यसैले वर्तमान पुस्ता सामाजिक सञ्जालको औधी पारखी छ । युवाहरू भन्दै छन्, अहिलेसम्मकै बृहत् अर्थ–आयतन बोक्ने सामाजिक आविष्कार पनि हो । यसलाई अरू जीवन्त, सहज र व्यापक बनाउन आविष्कारकहरू निरन्तर लागिपरेका छन् ।

सामाजिक सञ्जालका दुई पक्ष छन् ः सामाजिक र सञ्जाल (मिडिया) । सामाजिक चरित्रबाट यो सूचना–संवेग लिनेदिने विषयवस्तु हो भने मिडियाका सन्दर्भमा यो एक सशक्त माध्यम हो– जुन सेलफोन, इन्टरनेट र कम्प्युटरले खुला गरेको छ । परम्परागत माध्यमका स्थानमा अन्तक्र्रियाको सहज र सशक्त माध्यम भएकाले नै यो ‘सामाजिक सञ्जाल’ बनेको हो– जहाँ थुप्रै विकल्प र विधि उपलव्ध छन् । प्रत्येक व्यक्ति आनै पहिचानको पर्सनल एकाउन्ट खोल्न सक्छ, प्रोफाइल पेज बनाउँछ, साथी र समर्थकसँग अन्तक्र्रिया गर्न, न्युज फिड गर्न, वैयक्तीकरण गर्न अनि प्रतिक्रिया दिन सक्छ ।

भावना पोख्न, मत दिन, प्रतिक्रिया जनाउन, संवेग दिनका लागि टेलिभिजन, रेडियो र छापाजस्तो परको माध्यमको शरणमा पुग्नु पर्दैन । आना संवेग र सन्देश उसकै अर्थमा अरूसम्म तत्काल पु¥याउन व्यक्ति आफैं सक्षम बनेको छ, डिजिटल प्लेटफर्ममार्फत । त्यतिमात्र होइन– यो ज्ञान–विनिमय, अवसर उपयोग र मनोरञ्जनको भरपर्दो साथी पनि बनेको छ । त्यसैले लोकतन्त्र र वैयक्तिक स्वतन्त्रताको विस्तृतीकरण गर्न आनै प्रविधिका रुपमा पनि आजको पुस्ताले यसलाई उपयोग गर्दैछ । शक्ति आर्जन, सार्वजनिक विषयको प्रस्तुति र सामाजिक मूल्यसंस्कृति परिमार्जन गर्ने जीवन्त माध्यमका रुपमा सामाजिक सञ्जाल व्यवस्थित भइसक्यो । यो लोकतन्त्रलाई सामाजिकीकरण गर्न जनजीवनका सबै पहलुमा एकसाथ ढाक्ने अन्तर्सम्बद्ध विषयका रुपमा उदीयमान छ ।

सामाजिक सञ्जाल मूलतः सामाजिक सम्बन्धको माध्यम र प्रविधि बन्यो । अब व्यक्ति निर्धक्कसँग आना कुरा आनै पृष्ठमा राख्न सक्छ । सिर्जना सुनाउन सक्छ, सङ्गतको दायरा फराकिलो बनाउन सक्छ । यो अभिव्यक्तिको मञ्च र माध्यम दुवै बन्यो । वैयक्तिक पहिचान र सेवावस्तु ब्रान्ड गर्ने सहज माध्यम बन्यो । विज्ञापन, बजार र विनिमयको मञ्च बन्यो । उत्पादन सङ्गठन र प्रक्रियाको सजिलो साथी बन्यो । उपभोक्ताको स्वाद र सन्तुष्टि पर्गेल्न, उत्पादनको लागत संरचना घटाउन, प्रक्रियाका अवरोध भत्काउन पनि सहायक बन्यो । सामाजिक सङ्केतहरू तत्काल शासकीय प्रणालीमा पु¥याउने सेतु पनि बन्यो । नीतिनिर्मातालाई वस्तुगत र व्यावहारिक बनाई नीतिग्राहीको मन जित्ने डिजिटल मञ्च पनि बन्यो । शासन प्रणालीको स्वच्छता र सदाचार बढाउन पनि यसले थुप्रै काम गर्दै आएको छ । यो राष्ट्रिय अखण्डता र स्वाभिमान–रक्षाको सट सेतु हो ।

लुकेका प्रतिभालाई प्रकाशमा ल्याउने काम पनि सामाजिक सञ्जालले गर्दै आएको छ । यसकै सहयोगले मोफसलका कति धेरै लुकेका प्रतिभा (हिडेन ट्यालेन्ट) ले स्थापित हुने मौका पाए । हिजो मोफसलको व्यक्तित्व स्थापित हुन कति सङ्घर्ष गर्नुपथ्र्यो ? सबै वय र दूरीका मानिस आआनै स्वाद तथा सन्तुष्टिमा रमाउने सामथ्र्यको ग्राउन्ड यसैले सिर्जना ग¥यो । परस्पर प्रतिष्पर्धाी विचार र संस्कृतिलाई डियुज गराउने माध्यम पनि यही बन्यो । त्यसैले कतिपयले सोचेजस्तो यो सस्तो विषयवस्तु नभई सर्जकलाई सिर्जना गर्न, दुखीलाई दुख पोख्न, उत्पादकलाई उत्पादन गर्न, व्यवसायीलाई व्यवसाय गर्न, नीति निर्मातालाई नेतृत्व दिन, आविष्कारकलाई आविष्कार गर्न, मजदुरलाई काम खोज्न, विद्यार्थीलाई विद्या आर्जन गर्न र अरूहरू धेरैलाई उनीहरूको छनोटको काम गर्न यो उपयोगी साझा अनि सामाजिक मञ्च (र माध्यम) हो– जसले समाजलाई निरन्तर रिसेपिङ गरिरहेको छ ।

सामाजिक सञ्जालका सबै चरित्रलाई होलसेल अङ्गीकार गर्न भने सकिँदैन न त होलसेल रिजेक्सन गर्न सकिने अवस्था नै छ । यसले समाजमा राम्रोमात्र गरिरहेको छ र गर्छ भन्ने होइन । स्वतन्त्रताको अर्थ उन्मुक्तता होइन । स्वतन्त्रता संयमित र सुसंस्कृत हुनुपर्छ । वैयक्तिक स्वतन्त्रता उपयोगको सीमा त्यही हो– जतिबेलासम्म यसले अरूको स्वतन्त्रतालाई चुनौती दिँदैन । स्वतन्त्रताको अर्थ आफैंप्रति पनि विवेकी बन्नु हो– आफू च्युत हुने सिर्जनाको अभ्यास कसैले गर्न हुँदैन । यसले समाजलाई निर्वैयक्तीकरणतर्फ धकेलिरहेको छ । ‘डबल आइडेन्टिटी’बाट व्यक्तिलाई अपभ्रंश गर्ने खतराबाट कसरी बचाउने भन्ने चुनौती पनि चुलिएको छ ।

क्षणभरमै सूचनाको अस्मेल बाढी, अझ भनौं ¥युमरले समाजलाई दिग्भ्रमित, आक्रोशित र आन्दोलित बनाई अनपेक्षित परिणाममा पु¥याउने खतरा पनि छ । साइबर बुलिङ, सेल्फ इमेज म्यानिपुलेसन र संवेदनशील विषयको असुरक्षा डरलाग्दो देखिएको छ । सामाजिक सौहार्द र सहभावको सहयोगी यसलाई कसरी बनाउने ? मानिसलाई एडिक्टिभ हुनबाट कसरी बचाउने ? झन् ठूलो चुनौती साँच्चै राम्रा प्रतिभा र स्थापित विषय–व्यक्तित्वलाई निमेषमा डाइलुट मात्र होइन– क्षतविक्षत नै पार्न सक्छ ।

त्यसैले भुल्नु हुन्न– सामाजिक सञ्जालले वास्तविक आमसञ्चार बनेर समाजलाई निरन्तर परिवर्तन गरिरहेको छ । यो जीवन प्रणालीको अभिन्न भाग नै बनिसकेकाले यसलाई विस्थापन होइन– संयमित भएर व्यवस्थापन मात्र गर्न सकिन्छ । यसका उपयोगी पक्षलाई संस्थागत गर्दै अनुपयोगी पक्षलाई तिरस्कार गर्नु अबको आवश्यकता हो– यसका लागि पनि स्वयम् सामाजिक सञ्जाल माध्यम बन्नसक्छ ।

-गोपी मैनाली 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }