सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जमिनमा धाँजा फाट्दा पर्वतका पाँच परिवार विस्थापित, गाउँ नै जोखिममा


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ १४, २०७९
  • 410
    SHARES

भदौ १४, काठमाडौं । जमिनमा धाँजा फाटेर घर भत्किएपछि पर्वतको जलजला गाउँपालिका–५ शालिजाको भोटेडाँडास्थित चोराय गाउँका पाँच परिवार विस्थापित भएका छन् ।

गाउँभन्दा केही तलको पाखो गत वर्ष धाँजा फाटेर जमिन लच्किँदै तल सर्दै गरेकामा यस वर्ष पनि पहिरो जाँदा स्थानीय प्रेमप्रसाद सुवेदी, देवीप्रसाद सापकोटा, दीपक सापकोटा, गणेश आचार्य र रमाकान्त सुवेदीको घर नै बग्ने अवस्थामा पुगेको हो ।

पहिरोले नजिकैका घर जतिबेला पनि खरतामा पर्न सक्ने भएकाले उनीहरू आफ्नो घर छाडेर त्यहाँभन्दा केही माथि रहेका छिमेकीको घरमा आश्रय लिएर बसिरहेको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताउनुभयो । पहिरोले घर तथा आँगन चर्किएको छ ।

“गत वर्ष पहिरो सुरु भएको हो । अहिले पनि थप पहिरो बढेकाले हरेक वर्ष जमिनमा क्षति हुने क्रम बढेको छ । गत वर्ष नै आएका प्राविधिकले त्यस क्षेत्रभन्दा माथि रहेको बस्तीलाई स्थानान्तरण गर्न सुझाव दिएका रहेछन्”, उहाँले भन्नुभयो, “जमिन फाट्न सुरु गरेपछि त्यो सुझाव आए पनि त्यति छिट्टै सरिहाल्न पनि गाउँलेलाई समस्या नै हुन्छ । बस्ती सरेको छैन तर जमिनमा धाँजा फाट्ने र बग्ने क्रम बढेको छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)