शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छः प्रदेश प्रमुख परियार


  • माउन्टेन खबर
  • सोमवार, अशोज ३, २०७९
  • 294
    SHARES

३ असोज, काठमाडौं । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत भएको बताउनुभएको छ ।

नेपालको संविधान जारी भएको आठौँ वर्ष पुगेको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले कर्णालीवासी एवं स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले सशस्त्र सङ्घर्ष तथा जनआन्दोलनको क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलि प्रकट गर्दै घाइते तथा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

जारी शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “नेपालको संविधानबमोजिम सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता संस्थागत हुँदै गएको छ । नागरिक स्वतन्त्रता, मौलिक तथा मानवअधिकार, बालिक अधिकार, लोकतन्त्र, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका जस्ता लोकतन्त्रका अवयवहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि मार्ग प्रशस्त भएको छ ।”

उहाँले एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेदको अन्त्य भई नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको बताउनुभएको छ । संविधानले आदिवासी, जनजाति, महिला, दलित, मुस्लिम, उत्पीडित, सीमान्तकृत, थारु, अल्पसङ्ख्यकको अधिकार र अवसर संस्थागत गरेको जनाउँदै प्रदेश प्रमुख परियारले राष्ट्रिय एकता सुदृढीकरणका लागि संविधानको प्रभावकारी कार्यान्वयनमा सबैलाई ऐक्यबद्ध भएर लाग्न अपिल गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }