बिहिबार, अशोज १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्थिरता र आर्थिक विकासकालागि गठबन्धनलाई विजयी गराउन कांग्रेस नेता आचार्यको आग्रह


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक ५, २०७९
  • 510
    SHARES

रसुवा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य ईन्जिनीयर मोहन आचार्यले  गठबन्धनको उमेदवारलाई विजयी गराउन आग्रह गर्नुभएको छ ।

रसुवाको विभिन्न स्थानमा आयोजित विभिन्न कार्यक्रममा उहाँले गठबन्धनको उम्मेदवार विजयी भएमा मात्र संविधान र लोकतन्त्रको रक्षा हुने बताउनु भयो।

“संविधानको रक्षा, स्थिरता, आर्थिक विकासका लागि यो गठबन्धन हो”भन्दै केन्द्रीय सदस्य आचार्यले वर्तमान सत्ता गठबन्धनले जनताको विश्वास जितेर स्थिर सरकार निर्माण गर्ने दावी गर्नु भयो।

अब निर्माण हुने स्थिर सरकारले देशको विकास र समृद्धिका लागि काम गर्ने उहाँले बताउनु भयो।

लामो सङ्घर्षपछि प्राप्त उपलब्धिलाई पटक/पटक ध्वस्त पार्ने काम भएकाले संविधानको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पाँच दलिए गठबन्धन भएको उहाँले बताउनु भयो।

रसुवा विकास नै आफ्नो मुख्य प्राथमिकता भएको बताउदै उहाँले समुन्नत रसुवा, समृद्ध रसुवाली निर्माणको महाअभियानमा सफल बनाउनकालागि पनि गठबन्धनको उमेदवारलाई विजयी गराउन आवश्यक रहेको बताउनु भयो।

कृषि, जलविद्युत, पर्यटन, व्यापार व्यवस्थापन र समन्वयनै समृद्ध रसुवा निर्माणको आधार भएको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)