रसुवा – संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धनले जित्न आवश्यक रहेको कांग्रेस केन्द्रिय सदस्य ईन्जिनियर मोहन आचार्यले बताउनु भएको छ।
रसुवामा आयोजित कार्यक्रमा केन्द्रिय सदस्य आचार्यले मुलुकको आर्थिक विकास र संविधानको रक्षाका लागि कांग्रेसको नेतृत्वमा निर्माण भएको लोकतान्त्रिक–वाम गठबन्धनलाई विजय गराउन आवश्यक रहेको बताउनुभयो ।
कांग्रेसले विकास र राजनीतिलाई सँगै अगाडि बढाउने बताउदै उहाँले लामो समयको प्रयास पछि रसुवाको नौकुण्ड खानेपानी योजनाले सार्थकता पाउन लागेको बताउनु भयो।
सो खानेपानी आयोजनाको कार्यान्वयन पछि रसुवाका नौकुण्ड,कालिका,गोसाइकुण्ड र उतरगया गाँउपालिका नागरिकको खानेपानीको समस्या समाधान हुने उहाँले बताउनु भयो।
आफ्नो पहिलो कार्यकालमा रसुवा जिल्लामा धैरै विकास आयोजनाहरु अधि बढेको बताउदै ती आयोजनाहरु केही पूरा भैसकेका र केही पूराहुने चरणमा रहेको उहाँले बताउनु भयो।
रसुवाको विकास नै आफ्नो मुख्य प्राथमिकता रहेको बताउँदै नेता आचार्यले समुन्नत रसुवा, समृद्ध रसुवाली निर्माणको महाअभियानलाई सफल बनाउन गठबन्धनका उमेदवारलाई विजयी गराउन आवश्यक रहेकामा जोड दिनुभयो । कृषि, जलविद्युत्, पर्यटन, व्यापार व्यवस्थापनको समन्वयात्मक विकास नै समृद्ध रसुवा निर्माणको आधार भएको उहाँले उल्लेख गर्नुभयो ।
