शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विश्वकप–२०२२

क्यामरुन र सर्बियाको खेल बराबरी


  • माउन्टेन खबर
  • सोमवार, मंसिर १२, २०७९
  • 175
    SHARES

काठमाडौं –  कतारमा जारी फिफा विश्वकप–२०२२ अन्तर्गत समूह ‘जी’ को खेलमा क्यामरुन र सर्बियाले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

कतारको अल जनौब रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको २९औँ मिनेटमा जिन क्यास्टेलेट्टोले गोल गरेपछि क्यामरुनले अग्रता बनाएको थियो । पहिलो हाफको अतिरिक्त समयमा दुई गोल गरी सर्बिया खेलमा फर्कियो ।

अतिरिक्त समयको पहिलो मिनेटमा दुसान ट्याडिकको पासमा स्टारिन्जा पाब्लोभिचले बराबरी गोल गरे । त्यसको दुई मिनेटपछि मिलान्कोभिच सेभिचले अर्को गोल गर्दा सर्वियाले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

खेलको ५३औँ मिनेटमा अलेक्ज्यान्दर मित्रोभिचले गोल गर्दा सर्बियाले ३–१ को अग्रता बढायो । तीन मिनेटको अन्तरमा दुई गोल फर्काउँदै क्यामरुनले ६६औँ मिनेटमा खेल बराबरीमा ल्यायो । खेलको ६३औँ मिनेटमा भिन्सेन्ट अबुवाकर र ६६औँ मिनेटमा चुपो मोटिङले गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकियो ।

यस समूहमा ब्राजिल र स्वीटजरल्यान्डको समान ३–३ अङ्क छ । सर्बिया र क्यामरुनले बराबरीका साथ १–१ अङ्क बाँड्दै खाता खोलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }