शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भारतद्वारा न्युजिल्याण्डलाई २२० रनको लक्ष्य


  • माउन्टेन खबर
  • बुधबार, मंसिर १४, २०७९
  • 154
    SHARES

काठमाडौं । क्राईस्टचर्चमा जारी एकदिवसीय क्रिकेटमा भारतले घरेलु टोली न्युजिल्याण्डलाई २ सय २० रनको लक्ष्य दिएको छ ।

भारत र न्युजिल्याण्ड बीचको तेस्रो तथा अन्तिम एकदिवसीयमा टस हारेर पहिले ब्याटिङ रोजेको भारतले ४७.३ ओभरमा अलआउट हुदै २ सय १९ रन जोडेको हो ।

भारतको तर्फबाट वासिङ्टन सुन्दरले ६४ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले भने श्रेयस अय्यरले ४९ रन बनाए । कप्तान शिखर धवनले २८ रन जोडे भने शुभमन गिलले १३ तथा दिपक चहर र दिपक होडाले १२/१२ रन बनाए ।

न्युजिल्याण्डबाट ड्यारियल मिचेल र एडम मिल्नेले समान ३/३ विकेट लिए । टिम साउदीले भने २ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }