शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आयोजना अलपत्र पार्ने १२ निर्माण कम्पनी कालो सूचीमा


  • माउन्टेन खबर
  • बुधबार, मंसिर १४, २०७९
  • 202
    SHARES

काठमाडौँ, मंसिर १४ । समयमै आयोजनाको निर्माण सम्पन्न नगर्ने दर्जन कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै निर्माणकाम नसक्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो ।

भरत–सप्तकोसी जेभी, हाइवे कन्स्ट्रक्सन, विधि बिउल्डर्स, माईबाबा एन्ड नारा नक्सट्रक्सन सेवा, अनुकूल निर्माण सेवा कालोसूचीमा परेका छन् । हाइग्रीभा सिद्धि साई प्रकाश जेभी, पाँचखाल कन्सट्रक्सन, प्रभु निर्माण सेवा, सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्लायर्स, एमएसके निर्माण लेखा, सुमदिवी कन्ट्रक्सन, समेत कालोसूचीमा परेका छन् ।

निलगिरी निर्माण सेवा र नेशनल डेभलपमेन्ट प्रालि समेत कालोसूचीमा परेका छन् । यी २ वटा कम्पनी जेभी रहेको समेत कार्यालयले जानकारी दिएको छ । यीमध्ये २ वटा ठेकेदार कम्पनीलाई २ वर्षको र बाँकी १० वटा कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }