शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने


  • माउन्टेन खबर
  • बुधबार, माघ २५, २०७९
  • 299
    SHARES

सुदूरपश्चिम । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिनका लागि बोलाएको प्रदेश सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टीले कसैलाई पनि मत नदिने निर्णय गरेको हो ।

पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले राजबन्दी रिहा नभएसम्म कसैलाई विश्वासको मत मत नदिने बताउनुभयो । नागरिक उन्मुक्तिको यो निर्णयसँगै सुदूरपश्चिम सरकार पूर्णता नपाउँदै ढल्ने निश्चित भएको छ ।

प्रदेश सरकार गठनका लागि २७ जना सांसदको समर्थन आवश्यक पर्छ । नागरिक उन्मुक्तिको साथ नपाए प्रदेश सरकारले २७ सांसदको समर्थन जुटाउन सक्ने अवस्था छैन ।

मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिई सक्नुपर्ने संबैधानिक प्रावधान छ । २७ गते रावल मुख्यमन्त्री नियुक्त भएको एक महिना पुग्दैछ ।

अन्य ६ वटै प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिएर सरकार विस्तार गरिसके पनि मुख्यमन्त्री रावलले भने विश्वासको मत नपाउदा अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }