बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री दाहालद्वारा गेटा मेडिकल कलेज अवलाेकन


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन १, २०७९
  • 483
    SHARES

तस्बिर – प्रधानमन्त्रीकाे निजी सचिवालय ।

काठमाडाैं  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गेटा मेडिकल कलेजमा स्थलगत अवलाेकन गर्नुभएकाे छ ।

नेपालकै पहिलो शहीद दशरथचन्द विश्वविद्यालयका रूपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने विषयमा हिजाे बालुवाटारमा गेटा मेडिकल कलेजका बारेमा सुदूरपश्चिम क्षेत्रका जनप्रतिनिधि, नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिवलगायतसँग छलफल गर्नुभएकाे थियाे ।

साेमबार सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा हुने भ्रमणकाे दाैरानमा प्रधानमन्त्री प्रचण्डले साे कलेजका भ्रमण गर्नुभएकाे हाे ।

नेपालमा स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टीकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पूरा हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)