शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

थ्री नेसन्स कपको उपाधि नेपाललाई


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १७, २०७९
  • 139
    SHARES

काठमाडौं । पछि परेको अवस्थालाई उल्टाउँदै शुक्रवार लाओस बिरुद्ध २–१ को जित निकालेपछि नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको फाइनल खेलमा पहिलो हाफमा बराबरी खेल्दा दोस्रो हाफमा भने पुनरागमन गर्न सफल भएको हो । पछि परेको नेपालका लागि आयुष घलान र मनिष डाँगीले गोल गर्दै नेपाललाई उपाधि दिलाउन सफल भएका हुन् ।

प्रतिष्पर्धात्मक बनेको खेलमा पाहुना टोली लाओसले शुरुवात भने आक्रामक गरेको थियो । सो क्रममा १७ औं मिनेटमा फौटाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । बाउनफाचन बाउनकोङले डिबक्स बाहिरबाट मिलाइिदएको पासलाई सदुपयोग गर्दै साङभिलेले नेपालका गोलकिपर किरण चेम्जोङलाई बिट गर्दै उत्कृष्ट फिनिसिङ गरेका थिए ।

त्यसपछि दबाबमा परेको घरेलु टोलीले केही राम्रा बनाएपनि सदुपयोग गर्न असफल भएको थियो । २४ औं मिनेटमा आयुष घलानले नेपाललाई बराबरीमा ल्याए । एरिक बिष्टले उपलब्ध गराएको पासलाई आयुषले पेनाल्टी क्षेत्रबाट अगाडि बढाउँदै जाली चुमाउन सफल भएका थिए । ९ हजार दर्शक भन्दा उपस्थिति रहेको खेलमा साथ पाएको नेपाली टोलीले त्यसपछि पनि केही मौका बुनेको थियो । तर अग्रपंक्तिले सदुपयोग गर्न असफल भयो । २२ औं मिनेटमा नविन लामाको फ्रिकिकमा सनिश श्रेष्ठको प्रहार लाओसका गोलरक्षक सेसाभाथले बचाएका थिए ।

दोस्रो हाफमा भने नेपालले लाओसलाई दबाब दिएर खेल्न सफल भयो । ५६ औं मिनेटमा मनिष डाँगीको क्रसमा नेपालका आयुष र दीपक सिंह ठकुरीबीच तालमेल अभावमा अवसर खेर जान पुग्यो । ५८ औं मिनेटमा नेपालका नविन लामाको कर्नरमा अनन्त तामाङको हेडरले गोलको दिशा लिन सकेन । खेलको ६१ औं मिनेटमा नेपालका आयुष घलान गोल गर्न चुके । नवीनको पासमा खाली पोस्टमा अनमार्क रहेका आयुषको हेडर प्रयास पोस्टमाथिबाट बाहिरिएको थियो । त्यसको सात मिनेटमा निशान खड्काको फ्रिकिक पोस्ट बारमा लाग्दै फर्किएको थियो । ७४ औं मिनेटमा नेपालका नवीन लामाको पासमा अञ्जन बिष्टको कडा प्रहार रिबाउन्डमा मनिष डाँगीले गोल गरे पनि रेफ्रिले अफसाइडको इसारा गरे । खेलको ८७ औं मिनेटमा मनिषले अञ्जन बिष्टले उपलब्ध गराएको पासमा उत्कृष्ट गोल गरे । बाँकी सयम पनि थप गोलका लागि प्रयास भएपनि हुन सकेन र नेपालले घरेलु भूमिमा उपाधि उचाल्न सफल भयो ।

यस जितसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ भने लाओसले ३ हजार डलर प्राप्त गरेको छ । फाइनलमा खेलमा मनिष डाँगी म्यान अफ दि म्याच चुनिँदै नगद २ सय ५० डलर प्राप्त गरे । यस्तै प्रतियोगितामा आयुष घलान सर्वोत्कृष्ट खेलाडी हुँदै नगद ५ सय डलर हात पारे । प्रतियोगितामा तीन टोलीको सहभागित रहेको थियो । भुटान समूह चरणबाटै बाहिरिँदा नेपाल र लाओसले उपाधिका लागि प्रतिष्पर्धा गरेका हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }