बुधबार, अशोज १७, २०८०

एमालेव्दारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २७, २०७९
  • 165
    SHARES

सुर्खेत । नेकपा (एमाले) ले कर्णाली प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले सरकारबाट बाहिरिएसँगै सोमबारदेखि लागु हुने गरी समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो ।

एमालेबाट सरकारमा सहभागी तीन मन्त्रीले आइतबार राजीनामा दिएका थिए । गत पुस १० गतेको समीकरणअनुसार नेकपा (माओवादी केन्द्र) का राजकुमार शर्मालाई मुख्यमन्त्रीमा एमालेले समर्थन गरेको थियो भने माघ ६ गते विश्वासको मत दिएको थियो । त्यसैगरी यही चैन १७ गते पनि दोस्रोपटक मुख्यमन्त्री शर्मालाई एमालेले विश्वासको मत दिएको थियो ।

केन्द्रमा सत्ता समीकरणमा परिवर्तन भएसँगै प्रदेशमा पनि त्यसको असर देखिएको हो । कर्णाली प्रदेशमा एमालेका सभामुखसहित १० प्रदेशसभा सदस्य छन् । अब पुन: मुख्यमन्त्री शर्माले विश्वासको मत लिनुपर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ