सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सोमबारदेखि काठमाडौंमा भारतीय चलचित्रको प्रदर्शन रोक्ने मेयर बालेनको घोषणा


  • माउन्टेन खबर
  • आइतवार, असार ३, २०८०
  • 322
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले भोली सोमबार देखि काठमाडौंभित्र भारतीय चलचित्रको प्रदर्शन रोक्ने बताएका छन्।

आइतबार सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले सोमबारदेखि भारतीय चलचित्रको प्रदर्शन रोक्ने बताएका हुन्।

उनले चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश हटाउन  ३ दिनको समय दिएको र उक्त ३ दिनमा नहटाएको भन्दै भारतीय चलचित्रको प्रदर्शन रोक्ने बताएका छन्।

उनले लेखेका छन्,’काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)