आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मिन बहादुरले जस्तो नियती अरुले भोग्न नपरोस्


  • शम्भु उप्रेती
  • शुक्रबार, असार १५, २०८०
  • 280
    SHARES

मिन बहादुरले जस्तो नियती अरुले भोग्न नपरोस्

नेपाली समाजमा गुरुङ समूदाय, आफैमा ईमानदार, सज्जन र परिश्रमीको पर्याबाचीका रुपमा लिईएको पाईन्छ । अधिकाँस पूर्वजहरू लाहुरे बन्ने पुर्ख्यौली पेशामा आकर्षण रहेको पाईन्छ । अर्थात् लाहुरे पुस्ताहरूको बिडो थाम्ने पारिवारिक प्रचलनलाई एकाएक तोडेर ब्यापारीक घरानाको क्षेत्रमा मारबडी समूदाय,नेवारी समूदायहरूको बाहुल्यता बिच बाट एकाएक उदाएका पहीलो जनजाति सफल ब्यबसायीको रुपमा लिईने नाम मध्येका एक हुन् मिन बहादुर गुरुङ । सिदासादा,सरल,मिजासिलो साथै परोपकारी भाबना बोकेको पहीचान बनाउन सफल ब्याक्तिको रुपमा आम मानिसहरूको बुझाई रहेको पाईन्छ उनी बारे ।

साधारण सानो ब्यबसाय बाट ब्यापार सुरु गरी भूई मान्छेहरूको तह बाट जीबन भरीको कडा संघर्षको बाबजुत आज नेपाली समाजमा सफल चेन ब्यबसायी, उधमीको रुपमा एकाधीकार जमाउदै आएका गुरुङ देशको प्रमुख शहरहरूमा भाटभटेनी सुपर मार्केट जस्तो संपूर्ण गुणस्तरीय घरायसी सामानहरू पाईने एक मात्र अन्तराष्ट्रीय स्तरको स्टोरको बिशिस्ट पहीचान बनाउन सफल उधमीको सूचीमा पर्छन । सायद पहीलो गैर ब्यापारीक घरानाका ब्याक्तिको रुपमा पहीचान बनाउन सफल ब्यबसायी हुन भन्दा अत्युक्ति नहोला ।

यस पंक्तिकार उनी संग जीबनमा पहीलो पटक आफु पोखरामा तत्कालीन समयमा सुरक्षा प्रमुखको रुपमा कार्यरत रहदा त्यहाँ स्थित भाटभटेनी स्टोरको भब्य उदघाटनको अबसरमा भेटेको थिए । बाकी उहाँका कृतीहरू, मिडीयाहरूमा दिईएको अन्तरबार्ताहरू, सामाजिक उत्तरदायित्व बहन गर्ने अभियानताको रुपमा सम्पादित सत्कर्महरू बाट प्रभावित आम मानिस मध्यको एक हुँ म । उन्को ब्यबसायी दुरदर्शी सोच र सत्कर्म बाट प्रभाबित आफु पनि एक रहेको हुँदा मेरो यस लेखनलाई लिएर थप आसंका र कुतर्कहरू नगरीदिन अनुरोध गर्दै बिषय प्रबेश गर्दछु ।

– [ ] पक्कै पनि मिन बहादुर दाई ठुलो संख्याका मध्यम बर्गहरूलाई स्वदेशमा रोजगार दाता, राज्यका नियमित ठुलो कर दाता मात्र नभई समाजका हरेक क्षेत्रहरूमा सकृय सामाजिक ब्याक्तित्वहरू माझ सहयोगी दाताको रुपमा र स्वदेशमा पनि सफल चेन ब्यबसाय संचालन गर्न सकिन्छ र ! भनेर आसंका र हतोत्साहित भई बिदेसमा पलाएन हुने ठुलो जमातहरूको लागी सकारात्मक प्रेरणादायी व्यक्तित्वको तहमा उन्को योगदानको चर्चा हुन्छ । खासगरी स्वदेशमा रोजगारी सृजना गर्ने बाताबरण बनाउने उधमी बनेर स्वदेशमा रहेको स्वास्थ्य,शैक्षिक क्षेत्रहरूमा उहाँको स्वयच्छिक योगदानलाई भूल्न नसकीने नाम हुन मिन बहादुर ।

– [ ] बिडम्बना ! बालुवाटारको सरकारी जग्गा प्रकरणमा उनको संलग्नता हुनु उन्को सफल ब्यबसायीक यात्राको तमाम निर्णयहरू मध्येको महाभूल र बिडम्बनाको खबर उन्को जीबनको उतरार्धमा आईलाग्यो ।

– [ ] पक्राउ परे पश्चात उन्को निरही अनुहारमा पश्चाताप पूर्ण अनुभुति पढन सकीन्छ । दयाभाब सहीतको दृश्यहरूको फ़ुटेज सनसनी खबर बाहीरीए संगै बर्तमान सरकार प्रमुख, गृहमंत्री हुदै प्रहरी प्रमुख लगायत समन्धीत ब्याक्तीहरू र निकायहरूको लागी ठुलो सफलता, वाईवाई अर्थात् अर्को ठुलो भ्रष्टाचारी ठुलो माछाको रुपमा उन्को गिरफ़्तारीलाई लिईएको छ भने भाबी पुस्ताहरुको लागी खबरदारी र गतीलो शिक्षा पनि !

– [ ] खासगरी नेपालमा उधोगी ब्यबसायी जगतमा संलग्न अधीकासं ठुला ब्यबसायी हरु कुनै न कुनै राजनैतिक दल या नेतृत्वको मतियारको रुपमा आफ्नो भबिश्य सुनिश्चित देख्ने गरिन्छ । जस्को फाईदा संस्कार बिहीन भ्रस्ट राजनितीज्ञ हरुको गोटी बन्न बिबस हुन्छन । राज्य र समाज बिरुद्ध को अपराधीहरूको मतियार बन्ने , त्यस्तै सरकारी प्रशासनिक उच्च पदस्थ अधिकारी हरु समेत आफ्नो रास्ट्र सेवक हुनुको गौरब बिर्सेर , जनताहरु प्रतिको आफ्नो नैतिक ज़िम्मेदारी भूल्न भ्रस्ट प्रबृतीलाई साथ दिन बिबस देखीन्छन। भूटानी प्रकरणमा गृह सचिव जस्तो मर्यादित पदस्थ अधिकारीको नियती पछाडीको कारण प्रस्टै छ ।

– [ ] संचालक मिन बहादुरको हकमा पनि अमुक शक्तिशाली नेतृत्व संग नाम नजोडीएको काहा हो र ? अमूक राजनैतिक दलाल हरुको नजरमा उनको हैसियत लाई दुरुपयोग गरीएको प्रस्टै हुन्छ। राजनैतिक दलाल हरुको मिलोमोतोमा मालपोत लगायत समन्धीत निकायहरु का हाकीमहरु बाटै किर्ते रंग रोगन गरी चिटीक्क पारेको आकर्षक सरकारी स्वामित्व बाट छुटाईएका बालुवाटार स्थित जग्गा खरीद प्रस्ताव लाई पत्याई हामफाल्नु अस्वाभाविक पनि लाग्दैन । स्वभाबिक रुपमा अझै अग्लीने, चुलिने, धनीहुने महत्वकाक्षाको भूमरीमा परेको स्पस्ट हुन्छ । आखिर सरकारी जीम्ब्बार तहका भ्रस्ट हरुको षड्यंत्रको सिकार उनी बनेको अबस्था प्रति कसैको संका र दुईमत रहेन । कानुनत उनी दोषी हुन बाट बचाउन शक्ति केन्द्र हरू बाट अनेक प्रयास नभएको पनि काहा हो र ? भनिन्छ समय बलबान हुन्छ जस्को पन्जा बाट बचाउन कसैको सामर्थ्य बाहीर को अबस्था आईपर्यो उनिको जीबनमा पनि ।

– [ ] धनी र सम्पन्नताको उचाईको सिमा हुदैन, असल र परोपकारीको कदर र सम्मान सर्बत्र हुन्छ, देशको अहीतमा गरीने कुकर्महरूको फल भोग्नै पर्छ । ढिलो चाडोको कुरा मात्र हो । हाम्रो पूर्बीय धर्म शास्त्रहरूको निचोड़ पनि यही कुरालाई पुस्टी गरेको छ । बाकी संलग्नता रहेकोहरू तर शक्तिको आडमा बच्न सफलहुनेहरूको यस घटनाको फाईल खुले संगै निदहराम भएकै छ । चाहे जत्रो ठुलो पदमा किन नरहुन । समय सधै एकनास र आफ्नो पक्षमा कहाँ हुन्छ र ! सबै राजनैतिक ब्याक्तीहरू बिकाउ र राष्ट्रघाती हुदैनन भन्ने जनअपेक्षा पुरा हुदैछ जुन पछील्लो भूटानी प्रकरणमा जेलमा पुगेका राज्यको उच्च पदस्थ अधिकारी र निजामती क्षेत्रका वरीष्ठ अधिकारी समेत बच्न सकेनन ।अब पालो र जन अपेक्षा राजनैतिक उच्च पदाधिकारीहरुको सबै भन्दा घातक र देशको भबिश्य बर्बाद पार्ने नितीगत भ्रस्टहरूलाई पत्तासाफ पार्ने अभियानको प्रतिक्षामा छौ ।

– [ ] संसारमै प्रकृतिक रुपमा बरदान पाएको सुन्दर मुलुक नेपालको समृद्धिका बाधकहरूका कुकृत्य र रहश्य हरूको पर्दाफ़ाश क्रमश खुल्दै जाउन भन्ने अपेक्षा गर्दै भबिश्यमा मिन बहादुर जस्तो सफलताको सिखर चुमेका ब्यबसायीहरू बेईमान राजनितीको सिकार बन्न अपरोस भन्ने कामना गरौ । जयनेपाल । जय मातृभूमि !

 

-शम्भु उप्रेती 
(लेखक पूर्व सशस्त्र प्रहरी बरीस्ट उपरीक्षक एवं सामाजिक कार्यकर्ता हुन )

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }