मङ्लबार, अशोज १६, २०८०

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित


  • माउन्टेन खबर
  • आइतवार, भदौ ३१, २०८०
  • 41
    SHARES

काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ । आइतबार साँझ भएको सहमतिसँगै चिकित्सकहरूले थालेको आन्दोलन स्थगित भएको छ ।

डाक्टरहरूको आन्दोलनका कारण आइतबार आकस्मिकबाहेकका सबै सेवा प्रभावित भएका थिए । हेटौँडास्थित सन्चो अस्पतालका दुई जना चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले आन्दोलन थालेका थिए ।

आन्दोलनरत चिकित्सकसँग वार्ताका लागि स्वास्थ्य मन्त्रालयले वार्ता समिति बनाएको थियो । सन्चो अस्पतालमा ड्युटीमा रहेका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि भएको सांघातिक आक्रमणमा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

उक्त घटनामा पक्राउ परेका चार जना र पक्राउ पुर्जी जारी भएका पाँच जनासहित अन्य दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । त्यस्तै स्वास्थ्यकर्मी तथा स्वस्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको कार्यान्वयन गर्न सरकारले प्रतिबद्धता जनाएको छ ।

त्यस्तै तीन महिनाभित्र चिकित्सक सेवासम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । त्यस्तै नेपाल चिकित्सक संघको अगुवाइमा भएको देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरू बन्दलगायतका घोषिक सम्पूर्ण कार्यक्रम स्थगित गर्ने सहमति पनि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ