मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज ९, २०८०
  • 213
    SHARES

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशको योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव अनुपकुमार उपाध्याय नियुक्त भएका छन् । सुदूरपश्चिम मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम उपाध्यायलाई प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले जानकारी दिए ।

डोटी जिल्लाको बोगटानफुटशिल गाउँपालिको खत्याडी गाउँ स्थायी ठेगाना भई हाल कैलालीको दुर्गौलीमा बसोबास गर्ने नवनियुक्त उपाध्यक्ष उपाध्यायसँग ऊर्जा, जलस्रोत, सिँचाइ मन्त्रालयमा बसेर काम गरेको अनुभव छ । नेपाल विद्युत् प्राधिकरणको पूर्वअध्यक्षसमेत रहेका उनले सार्वजनिक खरिद अनुगमन कार्यालयमा समेत काम गरेका थिए ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शाहीले नवनियुक्त उपाध्यक्ष उपाध्याय ऊर्जा, जलस्रोत इलेक्ट्रिकल इन्जिनियरिङलगायत क्षेत्रमा अनुभवी व्यक्ति भएको बताए। हालसम्म आयोगको उपाध्यक्षमा मोहनदेव विष्ट थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)