शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ग्राण्डी अस्पतालद्धारा झोरमा एकदिने निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन


  • माउन्टेन खबर
  • शनिबार, अशोज २०, २०८०
  • 177
    SHARES

काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले टोखा नगरपालिका वडा नं १ झोरमा एकदिने निःशुल्क स्तन क्यान्सर परीक्षण स्वास्थ्य शिविर तथा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

ग्राण्डीले अस्पतालको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने र क्यान्सर हुन नदिने जनचेतना पैदा गर्ने उद्देश्यले शिविर सञ्चालन गरेको हो ।

शिविरमा ३० वर्ष नाघेका १०० जना महिलाहरुले परीक्षण गराएका थिए । जसमध्ये १० प्रतिशतमा विस्तृत किसिमको परीक्षण गर्नुपर्ने देखिएको छ । ग्राण्डी अस्पतालकी रेडियोलोजिष्ट डा अनामीका झाले स्तन क्यान्सर रोगबाट बच्नका लागि ४० वर्ष माथिका महिलालाई म्यामोग्राम टेष्ट गरी ढुक्क रहन सुझाव दिनुभयो ।

“अक्टुबर महिना ब्रेस्ट क्यान्सरको जनचेतनाको महिना भएकोले छानेको हो, आजको क्याम्पमा हामिले मुख्यतः ३० वर्ष पूरा गरेका महिलाहरुको स्तन क्यान्सरको लागि स्क्रिनिङ गर्न खोजेको हो । यस्तै शंका लागेकालाई अल्ट्रा साउण्ड पनि गरेका छौं । यस्तै, स्तन क्यान्सर हुन नदिन जनचेतना पनि पैदा गरेका छौँ । त्यो सँगै म्यामोग्राम कहिले गर्ने ? अल्ट्रा साउण्ड कहिले गर्ने ? आफूलाई स्तन क्यान्सर हुन नदिन के के कुरामा शतर्क हुने भन्ने कुरामा जानकारी गरायौं । हामीले लक्षणको वेट गर्नुपर्दैन । स्क्रिनिङ म्यामोग्राम ४० वर्ष कटेपछि प्रत्येक वर्ष एक पटक गराउनुपर्छ । यस्तो कुराहरु आज हामीले फोकस गरेका हौँ,” उहाँले भन्नुभयो ।

डा झाले स्तन क्यान्सरबाट बच्न समय समयमा परीक्षण गराइरहन सुझाव दिनुभयो । दश वर्ष पहिले स्थापना भएको ग्राण्डी अस्पतालले विभिन्न ३५ विधामा स्वास्थ्यउपचार प्रदान गर्दै आएको छ । २०० शैयाको उक्त अस्पतालमा एक हजार डाक्टर, नर्स तथा कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)