शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वीर अस्पतालका २ सय ७६ जना स्वास्थ्यकर्मी हटाइयाे, सेवा प्रभावित


  • माउन्टेन खबर
  • सोमवार, अशोज २२, २०८०
  • 269
    SHARES

काठमाडौं। वीर अस्पताल प्रशासनले आइतबारदेखि कोभिड–१९ महामारीका समयमा करार सेवामा राखिएका नर्सलगायत २७६ जना स्वास्थ्यकर्मी हटाएपछि अस्पतालले दिँदै आएको सम्पूर्ण सेवा प्रभावित भएको छ ।

आइतबार तय गरिएका शल्यक्रिया भएनन्। वीर अस्पताल प्रशासनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड महामारीका बेला राखिएका कर्मचारीलाई तलब भत्ताका लागि बजेट अभाव रहेकाले करार अवधि नथप्न निर्देशन दिएपछि बाध्य भएर हटाएको जानकारी दिएको छ ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई निष्कासन गरेसँगै सम्पूर्ण सेवा प्रभावित बन्न पुगेको जानकारी दिए  । “उनीहरूलाई हटाउने चाहना होइन तर मन्त्रालयले तलब खुवाउने रकम नभएको र देश आर्थिक मन्दीमा भएकाले हटाउनु परेको हो,” उनले भने ।

उनले अर्थ र स्वास्थ्य मन्त्रालयले चाहेमा उनीहरूको पदावधि थप्न सकिने बताउनुभयो । ३९६ शय्या सञ्चालन हुँदै आएको वीरमा हाल नौ सय शय्या सञ्चालन भइरहेको छ । वीरमा अझै पनि जनशक्ति अभाव छ ।

डा.पौडेलका अनुसार वीर अस्पतालमा स्वास्थ्यकर्मी हटाइँदा न्युरोलोजी, युरोलोजी, ग्यास्ट्रो सर्जरी, डाइलासिस र प्रत्यारोपण सेवा पूर्ण रूपमा बन्द भएका छन्। न्युरो विभागमा कार्यरत १२ जना नर्समध्ये छ जना आइतबारबाट हट्दा न्युरो सेवा पूर्णतया बन्द हुन पुगेको छ । आइसियूका २३ शय्यामा बिरामी राख्न नसकिने भएको छ । नर्सिङ जनशक्ति हटेसँगै युरोलोजी शल्यक्रिया पूर्णतः बन्द हुन पुगेको छ ।  यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)