शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

घर घरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ: महामन्त्री थापा


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २५, २०८०
  • 196
    SHARES

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले घर घरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा अयोाजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्ने पनि बताउनु भयो । उहाँले मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउनु भन्दा घर घरमै स्वास्थ्य सेवा पुर्‍याउने हो भने अस्पताल आउनुपर्ने मानिस घट्ने बताउनु भयो । उहाँले ६०/७० लाख जति मानिसलाई बाथ रोग भएको हुनसक्ने अनुमान रहेको भन्दै यो डरलाग्दो रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्छ । आज हामीले डाक्टरसावको कुरा पनि सुन्यौँ । उहाँहरुको काम वर्षभर घरघरमा स्वास्थ्उ सेवा र जनचेतना फैल्याउने हो । हामीले स्वास्थ्य भनेपछि मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउँछौँ । तर घरमा स्वास्थ्यको सेवा पुग्यो भने अस्पताल आउनुपर्ने मानिस घट्छन् ।

घरघरमा स्वास्थ्यको सेवा दिन घरघरमा पुग्नुपर्छ । वर्षभर बाथ रोगको जनचेतना फैल्याउनु पर्छ । बाथरोगको बारेमा हामी सुन्यौँ । ६०/७० लाख जति मानिसलाई बाथ रोग भएको हुनसक्ने अनुमान छ । त्यसको बारेमा जानकारी समयमा नै थाहा पाउनुपर्छ । समयमै बाथ रोगको बारेमा थाहा पाउनुपर्छ र सूचना लिन पाउनुपर्छ ।’

महामन्त्री थापाले घरघरमा स्वास्थ्य सेवा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का विभिन्न वडा र क्षेत्रमा गरिने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)