रसुवा । जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं.-१ अन्तर्गत आरुखर्क आधारभूत बिधालयले आयोजना गरेको नमूना बिधालय प्रारम्भ कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य प्रभात तामाङले दिगो विकासको लागि जनप्रतिनिधिलाई नागरिकको साथ र उर्जा जरुरी रहेको बताउनुभयो।
समाजलाई समृद्ध बनाउन जनताको साथ र सहयोग भएमात्र जनप्रतिनिधिको हौसला र उर्जा बढ्ने सांसद तामाङले बताउनुभयो।
विकास निर्माणको लागि नकारात्मक टिप्पणी र बिरोध मात्र गरेर जनप्रतिनिधिको काम गर्ने हौसला र जोस हराउने पनि प्रष्ट पार्नुभयो।
