बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

केएमसीमा नेपालमै पहिलो पटक फोक्सोमा भिडियो एसिस्टेन्ट थोरास्पोकिकको सर्जरी सफल


  • माउन्टेन खबर
  • सोमवार, पुस ९, २०८०
  • 292
    SHARES

काठमाडौं– मेडिकल कलेज फोक्सोमा जमेको पीप अप्रेशन नगरीकन नै निकाल्न सफल भएको छ। छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पीप निकालिएको हो। जसलाई भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरी पनि भनिन्छ।

यो सर्जरी नेपालमा भने पहिलो पटक प्रयोगमा ल्याइएको मेडिकल कलेजका बालरोग चिकित्सक डा आशिषलाल श्रेष्ठले बताए। उनले काठमाडौं मेडिकल कलेजले ९ वर्षीया बालिका आकृति ठाकुरको छातीमा निमोनियापछि पीप जम्ने समस्या भएको र सो समस्या बिना अप्रेशन निकाल्न सफल भएको बताए।

उनले यसअघि छाती चिरेर अप्रेशन गर्नुपर्ने भए पनि यस पटक भने नेपालमै पहिलो पल्ट बिना अप्रेशन भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरीबाट पीप बाहिर निकालिएको बताए।

अप्रेशन गर्दा बिरामीलाई ठीक हुन लामो समय लाग्ने तर यस सर्जरीले भने  ठीक हुन पनि समय कम लाग्ने र बिरामीलाई कम दुःख हुने बताए। यस सर्जरीको सेवा र अप्रेशन सेवाको खर्चमा खासै फरक नरहेको जिकिर गरे।

त्यस्तै बिरामीका पिता उमेशचन्द्र ठाकुरले घरमा ज्वरो र वान्ता आउने समस्या भएपछि स्वासथ्य परीक्षणका क्रममा सो रोगको पत्ता लागेको र अप्रेशनपछि अहिले बालिकाको स्वास्थ्य अवस्था ठीक हुँदै गएको बताए।

उनले बालिका अहिले खाने र हिँड्ने गर्न थालेको र फोक्सो पनि फुल्न थालेको बताए। यसभन्दा अघि छाती चिरेर मात्रै यस्तो अप्रेशन गर्ने गरिन्थ्यो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)