मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौं महानगरले ४ हजारलाई साइबर सेक्युरिटी तालिम दिने


  • माउन्टेन खबर
  • आइतवार, पुस २९, २०८०
  • 88
    SHARES

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले ४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम प्रदान गर्ने भएको छ ।‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र पाँच हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य रहेको भन्दै २ माघबाट तालिम सुरु गर्ने महानगरले जनाएको छ ।

काठमाडौं महानगरले इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्य गरेर तालिम दिने जनाएको छ । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार यो सहकार्यबाट पाँच करोड रुपैयाँको छात्रवृत्ति प्रदान हुनेछ ।

उनका अनुसार साइवर सुरक्षा सिप रोजगारमूलक शिक्षा हो । यसले व्यक्तिलाई सम्भावित साइवर अपराधबाट बचाउँछ भने सिपबाट रोजगार क्षेत्रमा आवद्ध हुन सकिन्छ । ‘साइबर सुरक्षाका लागि काम गर्न इच्छुक विद्यार्थी र पेसाकर्मीहरुलाई तालिममा साइबर जोखिमबाट बचाउने ज्ञान र सिप प्रदान गरिनेछ ।’

महानगरले सहकार्य गरेको इसी काउन्सिल साइबर सुरक्षा प्रमाणपत्र र तालिममा विश्वव्यापी अग्रणी र प्रमाणित नैतिक हृयाकर क्रेडेन्सियलको आविष्कार रहेको जनाएको छ ।

महानगरले दाबी गरेको अनुसार नेपालमा ५९ प्रतिशतले साइबर अपराध बढेको प्रतिवेदनहरुले देखाएका छन् । यसप्रकारका अपराध नियन्त्रण गर्न बलियो र दक्ष साइबर सुरक्षाका लागि तालिमले योगदान दिनेछ ।

झाका अनुसार इन्टरनेटमा व्यक्तिको पहुँच बढे जत्तिकै साइबर सुरक्षाको चुनौती पनि बढेको छ । स्मार्ट फोन चलाउने सर्वसाधारणमा पनि इन्टरनेटमा आधारित सुरक्षा चाहिएको छ । तर, अहिलेसम्म व्यक्तिमा यो सचेतना आइसकेको छैन ।

झाले भने, ‘व्यक्तिका व्यक्तिगत सूचनाहरु थाहा नपाइ अरुले दुरुपयोग गरिरहेको हुन सक्छ । कहिलेकाही सरकारको प्रणालीमा पनि समस्या आउने गरेको सुनिन्छ । इन्टरनेटमा आधारित जोखिमबाट नागरिकलाई बचाउन अहिले काम गर्नु पर्नेछ । हामीले यसको थालनी गरेका हौं ।’

साइबर सेक्युरिटी तालिममा स्मार्ट फोन, इमेलहरुमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जडान भएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेसनहरुको आधिकारिकता, जोखिमका विषयमा सिकाइनेछ ।

प्रोग्रामिङ्ग, नेटवर्किङ् र डाटा भण्डारणका लागि क्लाउडका आधारभूत पक्ष सिकाइने झाले बताए । यस्ता प्रणालीलाई सुरक्षा गर्ने प्रणाली विकास, वेभ एप्लिकेसन डिभलपमेन्ट, सुशासन, जोखिम न्युनीकरणको अनुपालना, तथ्याङ्क विश्लेषण र व्यापार कला जस्ता प्रणाली सञ्चालन हुने प्लेटर्फम, यस्ता प्लेटर्फमहरुको उपयोग र दुरुपयोगजस्ता विषय तालिममा राखिएका छन् ।

कार्यक्रमका फोकल पर्सन शान्ता पहाडीका अनुसार अहिले सफ्टवेयर डिभलपमेन्ट, व्युटिसियन, डिजिटल मार्केटिङ्, र प्रफेसनल एकाउन्टिङ्का तालिम सुरु भइसकेका छन् ।  ‘हामीले विभिन्न ३४ विधामा तालिम दिंदैछौं । आवश्यकता र मागका आधारमा तालिमका अन्य विधा थप गर्नेछौं,’ उनले भनिन् ।

१५ हजार व्यक्तिलाई तालिम दिने लक्ष्य राखेको महानगरले साइबर सेक्युरिटी तालिमबाट मात्रै ४ हजार संख्या पुग्ने देखिन्छ ।महानगरले दिने अन्य तालिम सञ्चालन गर्न ४० वटा तालिम कक्ष (प्रयोगशाला) तयार भइरहेका छन् ।

तालिम संयोजक देवेन्द्र के। सी। का अनुसार इलेक्ट्रिसियन, कम्प्युटर, व्युटिसियन, कपाल काट्ने सैलुन ९हेयर कट०, फेसन डिजाइनिङ्, टेलरिङ्, कुलिनरी आर्ट, कम्प्युटर हार्डवेयर, सीसीटिभी जडान, भर्टिकल फार्मिङ् र गार्डेनिङ् लगायत तालिमका लागि कक्ष तयार भइरहेका हुन् ।

यसपछि इलेक्ट्रिसियन, उद्यमशील विकास, सहकारी व्यवस्थापन, फेसन डिजाइनिङ् र टेलरिङका तालिम सुरु हुँदैछन् ।

माघ २ गते दिनको २ बजेदेखि राष्ट्रिय सभा गृहमा आयोजना हुने शुभारम्भ अवसरमा उपस्थित हुन चाहनेहरुले तलको लिङ्क थिचेर नाम दर्ता गराउन सक्नुहुनेछ । करिब २ मिनेटको समयमा फारम भर्न सकिनेछ । 

https://shorturl.at/quAJV

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }