सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जनताका अपेक्षा, सुझाव र गुनासा सुन्न कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान : केन्द्रिय सदस्य आचार्य


  • माउन्टेन खबर
  • आइतवार, माघ १४, २०८०
  • 450
    SHARES

रसुवा । समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान शनिबारदेखि सुरु भएको छ । स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने र जनताबाट आएका सुझावलाई त्यहीँ कार्यान्वयनका लागि पहलकदमी लिने भन्दै कांग्रेसले शनिबारदेखि यो अभियान सुरु गरेको हो ।

अभियान अन्तर्गत आज रसुवाको  आमाछोदिङमो गाउँपालिकामा कांग्रस  केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य  ई.मोहन आचार्यले सबै कार्यकर्ता तथा स्थानीय नेताहरुलाई पार्टीका लागि आवश्यक सुझाव दिन र आफ्ना समस्या र गुनासाहरु खुलेरै राख्न आग्रह गर्नुभएको थियो । उहाँले अब पार्टीलाई समुदायस्तरमा नभएर प्रत्येक नेपालीका घरघरसम्म पुर्याउने अभियान सञ्चालन गर्न सबैसँग आग्रह गर्नुभयो ।

केन्द्रिय प्रतिनिधि ध्रुव अधिकारीले यस अभियानमा खटिएका नेताहरुले बोल्नेभन्दा पनि स्थानीयका गुनासा सुन्ने कार्यक्रम रहेको बताउनुभयो । यो अभियान निकै प्रभावकारी रहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य  प्रभात तामाङ , जिल्ला पार्टी सभापति पेम्बाछिरिङ तामाङ , जिल्ला स्थित पार्टीको जिल्ला कार्यसमिति,प्रदेश, क्षेत्रीय कार्यसमिति र गाउँपालिका कार्यसमितिको पदाधिकारी एवं पार्टीमा आवद्ध सुभेच्छुक संघ/संस्था र भातृ सङ्गठनहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)