बुधबार, बैशाख १९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेश सभा स्थापनाको छ वर्ष पूरा


  • माउन्टेन खबर
  • शुक्रबार, माघ १९, २०८०
  • 65
    SHARES

मकवानपुर- बागमती प्रदेश सभाले स्थापनाको छ वर्ष पार गरेको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यतामा प्रदेश राजधानी हेटौंडामा छैटौ‌ वार्षिकोत्सव मनाइएको छ ।

प्रदेशसभाको छैटौं वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख शर्माले राजनीतिक स्थिरता नचाहने शक्तिहरु क्रियाशील रहेको बताउनुभएको छ । प्रदेश प्रमुख शर्माले गाउँ-गाउँमा सिंहदरबार भन्ने नारा कति सार्थक भयो भन्ने विषयमा सबैले एकचोटी समीक्षा गर्नुपर्ने बताउनुभयो ।

लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कुनै पनि शक्तिले हल्लाउन नसक्ने उहाँको भनाई थियो । प्रदेश प्रमुख शर्माले प्राप्त उपलब्धिहरुलाई रक्षा गर्दै थप उपलब्धिहरु हासिल गर्न मन, बचन र कर्मले लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले राजनीतिमा सत्तापक्ष र प्रतिपक्ष एउटै सिक्कामा दुई पाटा भएको बताउनुभयो । प्रदेशसभामा रहेको विषयगत समितिहरुले नेतृत्व पाउन नसक्नु दुःखको विषय भएको उहाँको भनाई थियो । प्रदेश प्रमुख शर्माले उचित प्रतिफल दिने गरी सरकारले काम गर्न सक्दा जनताले व्यवस्था प्रति नै निराश पोख्न सक्ने बताउनुभयो ।

यसैगरी, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकार नयाँ नीतिका साथ काम गरिरहेको बताउनुभयो । असल नीति बनाउन सके सरकार परिवर्तन भए पनि जनताको आधारभुत कुरा नरोकिने उहाँको भनाई थियो ।

मुख्यमन्त्री जम्कट्टेलले जनता अहिले संघीयताको विरुद्धमा नभएको दाबी समेत गर्नुभयो । सांसद्, मन्त्रीहरुले नै निराशा पोख्ने काम गरेको मुख्यमन्त्री जम्कट्टेलले जिकिर समेत गर्नुभयो ।

सभामुख भुवन पाठकको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता जनन्नाथ थपलीया, बागमती प्रदेशका अर्थिक मामिलामन्त्री बहादुर सिंह लामा लगायतकाले मन्तव्य राख्नुभएको थियो ।

उक्त अवसरमा प्रदेश सभाको मोवाइल एप शुभारम्भ गरिनुका साथै प्रदेश सभा दोस्रो कार्यकालको गतिविधि समेटेर तयार पारिएको पुस्तक विमोचन समेत गरिएको थियो ।

कार्यक्रममा प्रदेश सभामा नियमित उपस्थित जनाउने प्रदेश सभा सदस्यहरु गिता गुरुङ, मधुसुधन पौडेल, माया श्रेष्ठ, रामप्रसाद ढुड्डाना र लक्ष्मीदेवी श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यस्तै, प्रदेश सभा सचिवालयलाई आफ्नो कर्ममार्फत् योगदान पुर्‍याएको भन्दै पाँच जना सचिवालयका कर्मचारीहरुलाइ नगद तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }