बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रत्यारोपण केन्द्रमा १२०० वटा सफल मृगौला प्रत्यारोपण


  • माउन्टेन खबर
  • शुक्रबार, माघ १९, २०८०
  • 154
    SHARES

काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले ११ वर्ष अवधिमा  १२०० वटा सफल मृर्गौला प्रत्यारोपण गरी इतिहाँस रच्न सफल भएको छ । आज ३९ वर्षिया श्रीमानलाई उनकी ३४ वर्षीया श्रीमतीको दिएको मृगौला दान सँगै उक्त सफलता हाँसील गर्न सफल भएको हो ।

छोटो अवधिमा यो सफलता हाँसील गर्न  केन्द्रका कार्यकारी निर्देशक साथै कलेजो तथा मृर्गौला पत्यारोपणविद् डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वदायी भूमिका र केन्द्रका सम्पुर्ण कर्मचारीहरुको अथक मेहनत र लगनशीलताले संभव भएको कुरा  प्रत्यारोपण केन्द्रले जनाएको छ ।

आफ्नो नाममा एक इन्च पनि कुनै जग्गा र भवन नभएको यस केन्द्रले नेपालको प्रत्यारोपणको ८० प्रतिशत हिस्सा ओगटेको छ । स्थापनाको ११ वर्षमा १२०० वटा मृर्गैला र १८ जनाको कलेजो प्रत्यारोपण ९९ प्रतिशत सफलताका साथ गरेको केन्द्रले २०८० मा मात्र १० जनाको कलेजो प्रत्यारोण गरी सकेको छ भने आगामी साता थप २ जानाको कलेजो प्रत्यारोपण गर्ने तयारी पुरा गरेको केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताए ।

नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण, मस्तिस्क मृत्यु भएको व्यक्तिबाट मृर्गौला तथा कलेजो प्रत्यारोपण गरेको केन्द्रले देशको सात वटै प्रदेशमा प्रत्यारोपण तथा डाइलाइसि सेवा विस्तार गर्ने  नेपाल सरकारको योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)