शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा क्यान्सरको उपचारका लागि ‘कार टी सेल थेरापी’ पद्धति भित्रियो


  • माउन्टेन खबर
  • शनिबार, माघ २०, २०८०
  • 199
    SHARES

काठमाडौं । नेपालमा क्यान्सर उपचारका लागि कार टी सेल थेरापी पद्धति भित्र्याइएको छ ।

सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपाल (सिआरएम नेपाल)ले शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच क्यान्सर उपचारका लागि अति उच्च प्रविधियुक्त सो थेरापीको प्रयोगशाला सफलतापूर्वक परीक्षण गरिएको जानकारी गराएको हो ।

अमेरिका र युरोपतिर प्रयोगमा ल्याइएको सो प्रविधि नेपालमा पनि उपयोगी हुने देखिएकाले आफूहरुले त्यसको प्रयोगशालाका सफलतापूर्वक परीक्षण कार्य सम्पन्न गरिएको सिआरएम नेपालका सल्लाहकार डा. सञ्जीवन गौतमले जानकारी दिनुभयो ।

यसमा निकै महंगा खालका सामाग्रीहरु जडान भएकाले यसको उपचार खर्च पनि धेरै हुने हुनाले नेपालको सन्दर्भमा सहज र सस्तो तरिकाले बिरामीहरुले त्यो प्रविधि उपयोग हुनेगरी आफूहरुले योजना बनाउने काम गरिरहेको पनि उहाँले बताउनुभयो । सो प्रविधिलाई नेपालमा सस्तो र सहज ढंगले उपलब्ध गराउनका लागि अमेरिका, जर्मनलगायतका मुलुकका सम्बन्धित निकायहरुसँग छलफल भइरहेको पनि सिआरएम नेपालले जनाएको छ ।

रक्त क्यान्सरमा सफलतापूर्वक परीक्षण गरिएको सो उपचार पद्धति नेपालमा प्रयोगमा ल्याउँदा नेपालमा वर्षेनी १ सय भन्दा बढी बिरामीहरु लाभान्वित हुने पनि चिकित्सकहरुले प्रक्षेपण गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)