आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारले क्यान्सर रोग न्युनिकरणका लागि कुनै कसर बाँकि राख्दैन : स्वास्थ्यमन्त्री बस्नेत


  • माउन्टेन खबर
  • आइतवार, माघ २१, २०८०
  • 62
    SHARES

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले क्यान्सर रोग न्युनिकरणका लागि सरकारले कुनै कसर बाँकि नराख्ने बताउनुभएको छ ।

आईतवार विश्व क्यान्सर रोग दिवसको अवसर पारेर मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले क्यान्सर रोग तत्काल उन्मुलन गर्नसक्ने अवस्था नभएको उल्लेख गर्दै त्यसको न्युनिकरणका लागि सरकारले कुनैपनि कसर बाँकि नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले क्यान्सर न्युनिकरणका लागि आ-आफ्नो ठाउँबाट सकेको योगदान पुर्‍याउन पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभयो । मन्त्री बस्नेतले क्यान्सर रोग बिरुद्ध लडने आधार तत्काल पार्न पनि मातहतका निकायलाई सचेत गराउनु भयो । उहाँले सम्बन्धित निकायले सचेत भएर काम गरे क्यान्सर रोग नियन्त्रण गर्न कुनै कठिनाई नहुनेसमेत स्पष्ट पार्नुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘क्यान्सर रोगलाई यो देशबाट न्युनिकरण गर्दै जाने कुरामा अहिले हामी उन्मुलन त तत्कालै भन्न सक्दैनौं । न्युनिकरण गर्दै जाने कुरामा धेरै ठूलो मद्दत मिल्छ भन्ने कुरामा मैले विश्वास गरेको छु । यसमा हामी आ-आफ्नो क्षेत्रबाट जे सक्छौं, जति सक्छौं । कसैले खट्न सक्लान्, कसैले बुद्धि दिनुपर्ला । यसमा लामोलामो समयदेखि काम गरेर बस्नुभएका व्यक्तित्वहरु यहाँ अहिले उपस्थिति हुनुहुन्छ । यसले नेपालमा क्यान्सर रोगका बिरुद्ध लड्नका लागि एउटा महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ । त्यसको निम्ति जग तयार पार्नेछ । त्यही जगको आधारमा आगामी दिनमा हामीले त्यो रोग बिरुद्ध लड्नेछौं । यसका लागि स्वास्थ्य मन्त्रालयको तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकि हुनेछैन । मैले अहिले यति कुरा निवेदन गर्न चाहन्छु ।’

त्यस अवसरमा मन्त्री बस्नेतले सरकारले क्यान्सर रोग बिरुद्ध लड्न एकीकृत रणनीतिक योजना बनाउने पनि बताउनु भयो ।

-न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }