आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लोमसको ओनो सिरप बिक्रीमा रोक


  • माउन्टेन खबर
  • मङ्लबार, माघ २३, २०८०
  • 75
    SHARES

काठमाडौँ । औषधि व्यवस्था विभागले लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओनो सिरप बिक्रीमा रोक लगाएको छ । विभागको सूचनामा उक्त औषधिको बजारबाट नमुना ल्याएर परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको पाइएको उल्लेख छ ।

बजार अनुगमनका क्रममा ल्याइएको ओएनएओ-१ सय २३ ब्याचको नमूना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको भन्दै बिक्रीमा रोक लगाइएको हो ।

उक्त औषधि वाकवाकी र उल्टीको उपचारका लागि प्रयोग गरिन्छ । विभागले गत साता पनि लोमसले उत्पादन गरेको सेटोफेन (प्यारासिटामोल) ट्यावलेटको सिटी-२०२३ ब्याचको औषधि पनि ‘डज नट कम्प्लाइ’ भन्दै बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको थियो ।

विभागले ओनो सिरपको ‘लिकेज’को सम्बन्धमा जाँचबुझ प्रतिवेदन सहित उद्योगको मुख्य प्राविधिकलाई १५ दिन भित्र विभागमा उपस्थित हुनका लागि समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }