रसुवा । प्रतिनिधिसभा सदस्य एवं काँग्रेस केन्द्रिय सदस्य ईन्जिनियर मोहन आचार्यले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताउनुुभएको छ ।
सोनाम ल्होसारका अवसरमा शुुभकामना सन्देश जारी गर्दै उहाँले यस्ता पर्व नेपाली समाजमा सद्भावना बढाउन आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा महत्वपूर्ण रहेका उल्लेख गर्नुभएको छ ।
यस पर्वले सद्भाव र समृद्धि बढाउन सबैलाई प्रेरणा दिने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।
सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुु भएको छ ।
