शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

न्यून गुणस्तरका तीन औषधि बिक्रीवितरणमा रोक


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन १९, २०८०
  • 290
    SHARES

काठमाडौँ । औषधि व्यवस्था विभागले तीन वटा औषधिको बिक्रीवितरणमा रोक लगाएको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले ती औषधिको बिक्रीवितरणमा रोक लगाएको बताए ।

उनका अनुसार लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल २०० एमजी र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट तथा फर्माको इन्टस्ट्रीज लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल २०० एमजीको औषधिमा न्यून गुणस्तर पाइएको हो । उनले ती औषधि बजारमा रहे पनि तुरुन्तै फिर्ता लैजान कम्पनीलाई निर्देशन दिइएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)