शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

छायाँ सेन्टरमा ‘इण्डिया–नेपाल क्राफ्ट फेस्टिभल्स’ शुरु


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १६, २०८०
  • 39
    SHARES

 

काठमाडौं । छायाँ सेन्टरमा नेपाल र भारतका परम्परागत उच्चस्तरीय हस्तकलाको प्रदर्शनी ‘इण्डिया–नेपाल क्राफ्ट फेस्टिभल्स’ शुरु भएको छ । रोल…

बिहीवारबाट काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा आजबाट शुरु भएको प्रदर्शनी १९ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनी बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । मेलामा प्रत्यक्ष प्रदर्शनी, बनारसको हस्तकला, पाककला (कुइजिन्स) स्टल्स, नेपाली हस्तकला र फुड स्टल्स रहनेछन् । नेपाल र भारतीय हस्तकलाका सृजनात्मक कथाहरु, संस्कृति र सृजनाको गतिशिल प्रदर्शनीको रुपमा मेलालाई लिइएको छ । मेलामा पुग्नुभएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपाल भारतको सम्बन्ध नङ र मासुको रहेको भन्दै फल्क क्रापm्ट फेस्टिभल्सले झनै प्रगाढता ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदर्शनीले भारतसँग निर्यात प्रवद्र्धनको बाटो खुल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो नेपाल भारतको त्यसै पनि नङ र मासुको सम्बन्ध, त्यसमा फल्क क्रापm्टको सेन्टर अफ सिटीमा (छाया कम्पेक्स) मा भएको छ । त्यसमा विभिन्न मौलिक हस्तकलाका पूर्णकहरु भएका छन् । यसले सम्बन्धलाई प्रगाढ पनि पार्ने र हाम्रो ट्रेड डिपिसिट भएको, हामी धेरै आयात पनि गर्छौं भारतबाट हामीले पनि एक्सपोर्ट गर्ने कुनै गेट वे जस्तो बाटो खोल्ने काम भएको छ । राम्रो छ, यस्तै राम्रो गर्दे गयाँै भने परम्परागत रिलेशन मात्रै नभइ ट्रेडिङ रिलेशन पनि स्थापित हुन्छ ।’

 

उहाँले नेपाल—भारत परम्परागत सम्बन्ध भन्दा पनि व्यापारिक सम्बन्ध बिस्तार गर्न आवश्यक रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }