सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सार्वजनिक खरिद ऐनलाई संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन आवश्यकः अध्यक्ष सिंह


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १६, २०८०
  • 36
    SHARES

 

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐनलाई संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन सरकारसँग माग गर्नुभएको छ ।

शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५ औं वार्षिक साधरण सभामा बोल्दै अध्यक्ष स्ािंहले यस्तो माग गर्नुभएको हो । उहाँले सार्वजनिक खरिद ऐन संसदबाट निर्माण उद्योग मैत्री हुनेगरी संशोधन गरी तत्काल पास गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले निर्माण व्यवसायीहरुले लामो समयदेखि धेरै खालका चुनौतिको सामाना गर्दै आएको भन्दै उक्त चुनौति ठोस समाधानको लागि सरकारले पहल गर्न आवश्यक रहेको बताउनु भयो । अध्यक्ष सिंहले वर्तमान सरकारले नै निर्माण व्यवसायीहरुका समस्या समाधान गर्नेमा आफूहरु विश्वस्त रहेको बताउनु भयो । उहाँले नेपालमा निर्माण कार्यको लागि प्रक्रियागत झमेलाका कारण विश्वका अन्य मुलुकमा सफल निर्माण कम्पनीहरु नेपालमा आएर असफल भएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउँनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले पुँजीगत खर्च गर्नसकेको छैन । पुँजीगत खर्च वृद्धि गर्ने हो भने विकास निर्माणका कामलाई दु्रत गतिमा अगाडि बढाउन सकिन्छ । निर्माण उद्योग उद्योगहरुको पनि उद्योग हो । नेपाल जस्तो विकासन्मुख मुलुकमा निर्माण उद्योगको भुमिका बढी छ । तर राज्यका निकायहरुले निर्माण उद्योगलाई प्राथमिकता दिन सकेको छैनन् । लामो समयदेखि निर्माण व्यवसायीहरुले चुनौतिका चाङ भोग्दै आएका छौं । ठोस समाधान हुन सकेको छैन । वर्तमान सरकारको नेतृत्वमा व्यवसायीहरुका समस्या समाधान हुने विश्वास छ । नेपालमा निर्माण कार्यको लागि प्रक्रियागत झमेलाका कारण विश्वका अन्य मुलुकमा सफल निर्माण कम्पनीहरु नेपालमा आएर हुन सकेका छैनन् । यसतर्फ सरकारको ध्यानाकर्षण गराउँछु । सार्वजनिक खरिद ऐन पूर्वव्यवसायी मैत्री बनाउन संसदमा रहेको सार्वजनिक खरिद ऐनलाई तत्काल संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन अनुरोध गर्दछु ।’

 

उहाँले सरकारले पुँजीगत खर्च गर्न नसक्दा विकास निर्माणको कामले गति लिन नसकेको दाबी गर्नुभयो । उहाँले सरकारले तत्काल पुँजीगत खर्च वृद्धि गर्न नसकेको विकास निर्माणको कामले थप गति लिन नसक्ने बताउनु भयो । उहाँले सरकारले विकास निर्माणका कामलाई दु्रत गतिमा अगाडि बढाउनको लागि पुँजीगत खर्चमा जोड दिनुको विकल्प नभएको बताउनु भयो । उहाँले निर्माण उद्योग उद्योगहरुको पनि उद्योग भएको भन्दै राज्यले त्यो रुपमा मान्यता नदिएको गुनासो गर्नुुभयो । —न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }