बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

टर्कीको स्तानबुलस्थित नाइटक्लबमा आगलागीः २९ जनाको मृत्यु


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २१, २०८०
  • 30
    SHARES

एजेन्सी ।  टर्कीको स्तानबुल शहरमा रहेको एउटा नाइटक्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । स्तानबुलको एक बहुतल्ले भवनको बेसमेन्टमा रहेको मस्सरेड नामक नाइटक्लब मर्मतका लागि दिउसो समय बन्द गरिएको थियो ।

बन्द रहेकै अवस्थामा दिउसो अचानक आगलागी भएको बताइएको छ । आगलागीको कारण अझै स्पष्ट नभएको स्तानबुलका गभर्नर दाउट गुलको भनाइ छ । गभर्नर गुलका अनुसार आगलागीमा ज्यान गुमाउनेहरु क्लबको मर्मत कार्यमा संलग्न रहेकाहरु नै रहेको अनुमान गरिएको छ ।

आगलागीको विषयमा अनुसन्धान जारी छ । अनुसन्धानका लागि नाइटक्लबका प्रबन्धक र मर्मत संभारका लागि जिम्मेवारी व्यक्ति सहित ८ जनालाई पक्राउ गर्न वारेन्ट जारी गरिएको छ । त्यस मध्ये तीन जनालाई हिरासतमा लिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }