बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

इजिप्टका राष्ट्रपतिद्वारा तेस्रो कार्यकालका लागि शपथ ग्रहण


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २१, २०८०
  • 38
    SHARES

 

एजेन्सी।   अब्देल–फत्ताह अल–सिसीले मङ्गलवार इजिप्टको राष्ट्रपतिको रूपमा लगातार तेस्रो कार्यकालको लागि संवैधानिक शपथ ग्रहण गर्नुभएको छ । उहाँले सन् २०३० सम्म राष्ट्रपतिको रूपमा सेवा गर्नुहुनेछ ।

 

नयाँ प्रशासनिक राजधानीमा इजिप्टको संसदको मुख्यालयमा आयोजित एक प्रशारण समारोहमा सिसीले गणतन्त्रको रक्षा, संविधान र कानूनको सम्मान, जनताको हितको रक्षा गर्न र राष्ट्रको स्वतन्त्रता र एकताको रक्षा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले राष्ट्र निर्माणको यात्रालाई निरन्तरता दिने र आधुनिक लोकतान्त्रिक राज्य निर्माणमा इजिप्टका जनताको आकांक्षा पूरा गर्ने प्रतिवद्धता गर्नुभयो । उहाँले अस्तव्यस्त क्षेत्रीय परिवेशमा राष्ट्रको सुरक्षा र विकास र प्रगति हासिल गर्नु आफ्नो उच्च प्राथमिकतामा रहेको दोहो¥याउनु भयो ।

सरकारले संकटको बेला इजिप्टको आर्थिक स्रोतलाई अधिकतम बनाउन रणनीतिहरू तयार गरिरहेको बताउनु भयो । विभिन्न विकास क्षेत्रमा निजी क्षेत्रको योगदान बढाउने काम गर्ने बताउनु भयो । सिसी सन् २०२३ को डिसेम्बरमा इजिप्टको राष्ट्रपतीय निर्वाचनमा ८९.६ प्रतिशत वैध मतहरू जितेर विजयी हुनुभएको थियो ।

सन् २०१९ मा परिमार्जनसहित २०१४ मा स्थापित इजिप्टको संविधानअनुसार उहाँले ६ वर्षको राष्ट्रपतिको कार्यकाल २०२४ देखि २०३० सम्म सञ्चालन गर्नुहुनेछ । उहाँ पहिलो पटक सन् २०१४ मा चार वर्षका लागि इजिप्टको राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । सन् २०१८ मा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }