बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विश्वभर २ हजार ७८१ जना डलर अर्बपति, नेपालका विनोद चौधरी १७ सय ६४ औं स्थानमा


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २१, २०८०
  • 39
    SHARES

एजेन्सी। विश्वमा अर्बपतिहरुको संख्या २ हजार ७८१ जना पुगेको छ । अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको नयाँ सूची अनुसार विश्वमा अर्बपतिहरुको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । जुन यसअघिको सर्वाधिक संख्या सन् २०२१ को भन्दा २६ ले बढी हो ।

सूचीका दुई तिहाइ सदस्यहरू एक वर्ष अघिभन्दा बढी मूल्यवान भएका छन् । २०२३ यता संयुक्त अमेरिकाका अर्बपतिले ७०० बिलियन सम्पत्ति थपेका छन् । शीर्ष २० जना अर्बपतिहरुको सम्पत्ति सबैभन्दा धेरै बढेको छ । गत वर्ष भन्दा उनीहरुको कूल सम्पत्तिमा ७ खर्ब डलर वृद्धि भएको छ ।

फोर्ब्सको सूची अनुसार विश्वका शीर्ष २० अर्बपति यी हुन् :

१. बर्ना आर्नो : लुई भिटन तथा सेफोरा लगायतका फेसन तथा कस्मेटिक ब्राण्डका मालिक बर्ना आर्नो यो वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्तिको रुपमा कायमै रहेका छन् । यी फ्रेन्च अर्बपतिको सम्पत्ति २ खर्ब ३३ अर्ब डलर छ ।

२. एलन मस्क : एक्स, स्पेस एक्स तथा टेस्लाका मालिक एलन मस्कको कूल सम्पत्ति १ खर्ब ९५ अर्ब छ ।

३. जेफ बेजोस : अमेजनका संस्थापक बेजोसको सम्पत्ति १ खर्ब ९४ अर्ब डलर छ ।

४. मार्क जुकरबर्ग : फेसबुकका संस्थापक जुकरबर्गको सम्पत्ति १ खर्ब ७७ अर्ब छ ।

५. ल्यारी इलिसन : ओरेकलका संस्थापक इलिसनको कूल सम्पत्ति १ खर्ब ४१ अर्ब छ ।

६. वारेन बफेट: वित्त तथा लगानी क्षेत्रका टाइकुन वारेन बफेटको सम्पत्ति १ खर्ब ३३ अर्ब डलर छ ।

७. बिल गेट्स : माइक्रोसफ्टका संस्थापक बिल गेट्सको कूल सम्पत्ति १ खर्ब २८ अर्ब डलर छ ।

८. स्टिभ बाल्मर : माइक्रोसफ्टका पूर्व सिइओ बाल्मरको कूल सम्पत्ति १ खर्ब २१ अर्ब डलर छ ।

९. मुकेश अम्बानी : टपटेन अर्बपति भित्र पर्न सफल भारतीय उद्यमी अम्बानी एसियाका सबैभन्दा धनी व्यक्ति पनि हुन् । रिलायन्स कम्पनीका मालिक समेत रहेका उनको सम्पत्ति १ खर्ब १६ अर्ब डलर छ ।

१०. ल्यारी पेज : गुगलका संस्थापक ल्यारी पेजको कूल सम्पत्ति १ खर्ब १४ अर्ब डलर रहेको छ ।

११. सर्गेइ ब्रिन : गुगलका सह संस्थापक रहेका ब्रिनको कूल सम्पत्ति १ खर्ब १० अर्ब डलर छ ।

१२. माइकल ब्लुम्बर्ग : वित्त तथा लगानी क्षेत्रका अर्बपति ब्लुम्बर्गको कूल सम्पत्ति १ खर्ब ६अर्ब डलर रहेको छ ।

१३. अमान्सियो ओर्टेगा : स्पेनका फेसन तथा रिटेल क्षेत्रका अबृपति ओर्टेगाको कूल सम्पत्ति १ खर्ब ३ अर्ब डलर छ ।

१४. कार्लोस स्लिम हेलु : ल्याटिन अमेरिका क्षेत्रको सबैभन्दा ठूलो टेलिकम कम्पनी अमेरिका मोविलका मालिक रहेका मेक्सिकन अर्बपति कार्लोस स्लिम हेलुको कूल सम्पत्ति १ खर्ब २ अर्ब डलर छ ।

१५. फ्रान्कोइस बेटेनकोर्ट मेयेर्स : एल ओरियल ब्राण्डका मालिक रहेका फ्रेन्च अर्बपति मेयेर्सको सम्पत्ति ९९ अर्ब ५० करोड डलर छ ।

१६. माइकल डेल : डेल टेक्नोलोजी कम्पनीका अध्यक्ष तथा सीईओ रहेका माइकल डेलको सम्पत्ति
९१ अर्ब डलर छ।

१७. गौतम अडानी : भारतीय अर्बपति गौतम अडानी चर्चित अडानी ग्रुपका अध्यक्ष हुन् । उनको कूल सम्पत्ति ८४ अर्ब डलर छ ।

१८. जिम वाल्टन : फेसन तथा रिटेल क्षेत्रका अर्बपति वाल्टनको कूल सम्पत्ति ७८ अर्ब ४० करोड डलर छ ।

१९. रब वाल्टन : वालमार्टका संस्थापक साम वाल्टनका जेठा छोरा रब वाल्टनको कूल सम्पत्ति ७७ अर्ब ४० करोड डलर छ ।

२०. जेन्सेन हुआंग : ग्राफिक्स चिप मेकर कम्पनी एनभिडियाका संस्थापक तथा सीईओ रहेका जेन्सेनको कूल सम्पत्ति ७७ अर्ब डलर छ ।

विनोद चौधरी १७ सय ६४ औं स्थानमा

नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी कूल १ अर्ब ८ करोड अमेरिकी डलर सम्पत्ति सहित विश्वका अर्बपतिहरुको सूचीमा १ हजार ७ सय ६४ औं स्थानमा छन् ।

गत वर्ष चौधरी १ हजार ६ सय ४७ औं स्थानमा थिए । यद्यपि उनको कूल सम्पत्ति भने गत वर्षको भन्दा घटबढ भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }