बुधबार, बैशाख १९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

३५ वर्ष रेष्टुरेन्ट व्यवसायमा विताएका संघर्ष विष्ट रेवानको अध्यक्ष निर्वाचित


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २१, २०८०
  • 342
    SHARES

काठमाडौं । रेष्टुरेन्ट तथा बार एशोसियशन नेपाल (रेवान)को अध्यक्षमा सङ्घर्ष विष्ट निर्वाचित हुनुभएको छ । रेवानको ३४ औँ वार्षिक साधारणसभा तथा ११ औँ महाधिवेशनबाट विष्टको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

रेवानको प्रथम उपाध्यक्षमा नरेशध्वज श्रेष्ठ, क्षेत्रगत उपाध्यक्ष पोखराबाट लक्ष्मण बराज, क्षेत्रगत उपाध्यक्ष सौराहबाट नरेश गिरी, महासचिव शरदकुमार दाहाल, कोषाध्यक्ष विप्लव भट्ट, सचिव सचिन कर्माचार्य, सहकोषाध्यक्ष उद्धव ढकाल निर्वाचित हुनुभएको छ ।

यस्तै, सदस्यमा अनुपलाल कक्षपति, नृपेश श्रेष्ठ, गुणराज श्रेष्ठ, तेजस सुन्दरलाल कक्षपति, रितेज श्रेष्ठ र डोलबहादुर थापा सारु, एकराज अधिकारी र देवेन्द्र गिरि हुनुभएको छ ।

यस्तै, निवर्तमान अध्यक्ष अरनिको राजभण्डारी स्वत सदस्य हुने व्यवस्था रहेको छ । रेवान पोखराबाट सदस्यमा नरेश भट्टराई, रेवान सौराहबाट धुब्र गिरि, रेवान बन्दिपुरका जितेन्द्रलाल भुमी र रेवान चितवनका अच्युत भट्ट हुनुभएको छ । विगत ३५ वर्षदेखि नेपालको रेष्टुरेन्ट व्यवसायमा सङ्लग्न विष्टले रेवानलाई नेपाल अधिराज्यभर पु¥याउने बताउनुभयो ।

विष्टले रेवानले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि काठमाडौँ, पोखरा, सौराह, बन्दिपुरलगायतका पर्यटकीय क्षेत्रमा सडक महोत्सव आयोजना गरिरहेको बताउनुभयो ।

कोरोना महामारीबाट मारमा परेको अर्थतन्त्रलाई सडक महोत्सवले सहयोग पुग्ने उहाँको भनाई थियो । उहाँले भ्याटलाई १३ प्रतिशतबाट घटाएर एकल अङ्कमा झानुपर्ने र सबै व्यवसायीलाई भ्याटको दायरमा ल्याउनुपर्ने उल्लेख गर्नुभयो । विष्टले रेष्टुरेन्ट व्यवसायलाई उद्योगको मान्यता दिन आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }