मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्वारा राजीनामा


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २२, २०८०
  • 185
    SHARES

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनुभएको छ ।

संघीय सरकारमा सत्ता साझेदार दलहरुको फेरबदलसँगै सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रले शाहलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

साझेदार दलले समर्थन फिर्ता लिएपछि प्रदेश सभामा विश्वासको मत लिने तयारी गरिरहेका शाहले आफूले विश्वासको मत नपाउने निश्चित भएसँगै राजीनामा बुझाउनुभएको हो ।

मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा पत्र दिनुभएको हो ।

सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्ति पार्टीको समर्थन भएपनि सो पार्टीभित्रको आन्तरिक विवादले झन समस्या पारेको थियो ।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीको सहयोग लिने कसरत गरेपनि अर्का स्वतन्त्र १ जना  उमेद्वारले समेत समर्थन नगर्ने भनेपछि शाहले राजीनामा दिनुभएको हो ।

अब नयाँ गठबन्धन दलहरुको सरकार गठनको तयारी पनि सँगै शुरु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)